निःशुल्क शिविर चलाएर दिवस मनाइँदै


काठमाण्डौ÷नेपाल डेण्टल एशोसिएसनले आगामि मार्च २० को दिन विश्वभरी मनाईने विश्व मुख तथा दन्त स्वास्थ्य दिवस एक साताभरी निशुल्क दन्त परिक्षण र परामर्शका साथ मनाउँदैछ ।
एशोसिएसनले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर दिवसको अवसर पारेर मार्च १७ देखि २२ सम्म दात क्लिनीक, अस्पताल र कलेजहरुमा निशुल्क जाँच तथा परामर्श शिविर सञ्चालन गरिएको जानकारी दिएको हो ।
पेप्सोडेन्ट टुथ पेष्टसँगको सहकार्यमा दिवस मनाईरहेको एशोसिएसनले दिवसको अवसरमा मुख र दातका रोग र त्यसको उपचारको विषयमा जनचेतना जगाउने उद्देश्यले  देशका
विभिन्न नौ स्थानहरुमा जनचेतनामुलक र्यालीहरुको आयोजन समेत गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
पत्रकार सम्मेलनमा एशोसिएसनका अध्यक्ष सुदिन शाक्यले मानिसलाई खुलेर हास्न, कानको श्रवण शक्ति यथावत राख्न र खाना चपाउन दातको सबैभन्दा ठूलो महत्व भए पनि जनचेतनाको अभावमा त्यसको उचित स्याहार हुन नसकेकोले आफू जनचेतना मुलक अभियानमा अग्रसर हुनु परेको बताए । उपाध्यक्ष सन्तोष राजभण्डारीले जनतालाई बास्तविकता थाहाँ होस भनेर आफूहरु जनचेतना अभियानमा सक्रिय भएको भन्दै नेपालमा दन्त र मुख स्वास्थ्यको सवालमा अत्यन्तै कम सचेतना भएको बताए ।
कार्यक्रममा महासचिव सेन्सेमान लिम्बु, सचिव सरोज सिह र कोषाध्यक्ष मानषले दन्त र मुख स्वास्थ्यको अवस्था र बास्तविकताको विषयमा प्रकाश पारेका थिए ।
पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार नेपालमा एशोसिएसन गठन हुँदा २० जना मात्रै दन्त चिकित्सक रहेकोमा अहिले सन् २०१२को डिसेम्बरसम्म १ हजार २ सय २२ जना दन्त चिकित्सक उत्पादन भईसकेको छ । नेपालमा दन्त चिकित्सामा स्नातक तहको अध्यापनमा १२ वटा र स्नातकोत्तर तहको अध्यापनमा २ क्याम्पसहरुसमेत रहेका छन् ।
क्राइम चेक साप्ताहिकमा २०६९ चैत्र ०८ गते प्रकाशित

SHARE THIS

Author:

Facebook Comment