चरेशसहित तीन भारतीय पक्राउ


क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷ वीरगंज भन्सारमा रहेको सशस्त्र प्रहरीको अस्थायी पोस्टले मंगलवार राती १३ किलोग्राम अवैध  लागुऔषध चरेस सहित तीनजना भारतीललाई पक्राउ गरेको समाचार प्राप्त हुन आएको छ ।
प्राप्त जानकारी अनुसार टेम्पोमा सवार भएर राती सवा नौ बजे वीरगं भन्सार नाका हुँदै सीमावर्ती रक्सौलतर्फ जाँदै गरेका यात्रुहरुको शरीर छाम्ने क्रममा सो परिमाणको चरेश बरामद भएको जनाइएको छ ।
पक्राउ पर्नेमा भारतको पश्चिमी चम्पारणका ५० वर्षीय सुरदास महत्तो, २४ वर्षिय सुनिल महत्तो र १९ वर्षिय इरफान अन्सारी रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइने जनाइएको छ ।
यता पर्सा प्रहरीले जिल्लाको ग्रामणि क्षेत्रमा बुधबार बिहान एउटा अवैध  बन्दुक बरामद गरेको छ । रंगपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बिजुली भुजेलको नेतृत्वमा रहेको प्रहरी टोलीले सोनवर्षा गाविस ८ बाट १२ बोरको एउटा बन्दुक फेला पारेको हो । भेटिएको हतियार गाँजा तस्करहरुले प्रयोग गर्दै आएको हुनसक्ने प्रहरीको आशंका छ । गाँजा तस्करहरुले मकवानपुरबाट सुरक्षितरुपमा भारतीय सीमासम्म अवैध गाँजा चरेशको ओसार पसारका लागि हतियारको प्रयोग गर्दै आएका छन् ।
त्यसैगरी प्रहरीले पर्साको विश्रामपुर गाविसमा छापामारी गरेर एउटा घरभित्र लुकाइ राखिएको साढे दुई क्वीन्टल अवैध गाँजा बरामद गरेको छ ।
विश्रामपुर गाविस वडा नम्बर ८ स्थित छपकैयाँ टोलको एउटा घरमा गाँजा भण्डारण गरेर राखिएको सूचनाका आधारमा प्रहरी निरिक्षक मनोहर भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । गाँजा भण्डारण गरिएको घरका धनी फरार रहेका छन् । प्रहरीले घरधनीको नाम खुलाएको छैन ।
क्राइम चेक साप्ताहिकमा २०६९ चैत्र ०८ गते प्रकाशित

SHARE THIS

Author:

Facebook Comment