वीरगन्ज,२७ फागुनःपर्साको भवराटार गाविसमा लागु औषध मुद्धामा फारर अभियुत्तका आफन्त र प्रहरीबीच आज झडप भएको छ । भवराटार गाविस वडा नम्वर तिन छप्कैया निवासी लागु औषध फारार मुद्धाका अभियुक्त छोटेलाल यादवलाई फक्राउ गर्न गएको प्रहरी र उनका आफन्तबीच झडप भएको हो । झडपका क्रममा अभियुक्तका आफन्तले प्रहरीको गाडीमा समेत तोडफोड गरेका छन् । उनका आपन्तले प्रहार गरेको ढुंगा लागी प्रहरीको गाडीको सिसा फुटेको छ । झडपका क्रममा प्रहरी सामान्य बल प्रयोग गरेको पर्साका प्रहरी उपरिक्षक पिताम्वर अधिकारीले जानकारी दिनुभयो । प्रहरीले बल प्रयोग गरेर अभियुत्त छोटेलाल यादवलाई भने पक्रेको छ । छोटेलाललाई पक्राउ गर्ने क्रममा अवरोध सृजना गर्ने अन्य दुई जनालाई पनि प्रहरीले पक्रेको छ । प्रहरीले बिश्रामपुर गाविसका सन्त यादव र भरवटारका शिवपुजन यादवलाई पक्रेको हो । उनिहरु सार्वजनिक मुद्धा चलाईने प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिनुभयो । लागु औषध ओसार पोसारको मुद्धा लागेको छोटेलालाई भने करवाहीको लागी अदालतमा उपस्थित गराईने उहाँले बताउनुभयो ।