वीरगन्ज २७ फागुनःआफूहरुलाई कुटपिट गर्ने व्यक्तिविरुद्ध बारा प्रहरीले कारवाहीको चासो नदेखाएको भन्दै हरैया गाविसमा रहेको नेपाल राष्ट्रिय प्राथमीक विद्यालयका प्रधानाध्यापक हिरालाल साहले आरोप लगाएका छन् ।
रिपोर्टस क्लब पर्साले आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बारा गंजभवानीपुर १ निवासी प्रधानाध्यापक साह र उनकी श्रीमतिद्वय किरण देवी र चित्रलेखा साहले आफूहरुलाई आफ्नै टोलका नन्दलाल साह लगायत ५—६ जना समूहले माघ २४ गते बिना कारण घेरा हालेर निर्घात कुटपिट गरेको आरोप लगाएका छन् ।
कुटपिटमा संलग्न नन्दलाल साह,उनका छोरा उमाशंकर प्रसाद गुप्ता, शिवशंकर प्रसाद गुप्ता र प्रहरी जवान गौरीशंकर गुप्ताविरुद्ध उजुरी गरेपनि प्रहरीले सामान्य सोधपुछ समेत नगरेको गुनासो किरण देवीले गरिन् ।
घटना पछि दोषीहरुलाई कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाराका उजुरी दर्ता गराउन जादा प्रहरी निरिक्षक रामनाथ घिमिरेले घटनामा आफ्नै प्रहरी जवानको संलग्नता देखेपछि मुद्दा दर्ता नगरी उल्टो झूठो आरोपमा फँसाउने धम्की दिई मुद्दा दर्ता नगरेको बताए ।
फागुन १५ गते जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले चलान नम्बर ९२७४ मार्फत कारवाहीको प्रकृया अगाडी बढाउन आदेश दिएपनि बारा प्रहरीले कारवाही नगरी उनीहरुको मनोबल बढाउने काम गरिरहेकाले पत्रकार सम्मेलन मार्फत् उनीहरुलाई कारवाही गराउन सहयोग पु¥याई दिन आग्रह गरेका छन् ।