महिलाको उत्थानमा स्थानीय निकाय प्रतिवद्ध

बारा २७ फागुनःबारा जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी चिरञ्जीवि भण्डारीले एकल महिलाको उत्थानका लागी स्थानीय निकाय गम्भीर रहेको बताएका छन् । 

१०३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एकल महिला समूह बाराले सीमरामा आयोजना गरेको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले जिल्ला विकास समिति बाराले एकल महिला, जेष्ठ नागरिक, अपाङ र सीमान्तीकृत समुदायको चेतनास्तर अभिवृद्धि र उद्यमशीलताका लागी कार्यक्रममा प्राथमीकता दिएको बताएका छन् ।

अन्तरकृयामा सहभागीहरुले सबैप्रकारका महिला तथा मानवहिंसाको अन्त्यका लागि चेतना अभियान सञ्चालन गर्ने र सामुदायीक हितका लागि अघि बढने प्रतिबद्धता जनाएका छन् । साथै आत्मनिर्भरता र स्वरोजगारीका लागि एकतावद्ध हुने र त्यसका लागी सरोकारवालाले आवश्यक सहयोग पु¥याउने प्रतिवद्धता समेत जाहेर गरेका छन् । 
कार्यक्रममा सहकारीकर्मी कृष्ण पौडेल, नेकपा (एमाले) की सीता गुरुङ, नेकपा” माओवादीकी उमा राई, फोरम लोकतान्त्रिककी राधा देवी साह, अखिल नेपाल महिला संघ बाराकी अध्यक्ष ज्ञानु केसी, अपाङ सेवा समाज बाराका अध्यक्ष गंगा वाग्ले, मानवअधिकारकर्मी विदुर खडका, सञ्चारकर्मी सावी सुवेदी, सामाजिक कार्यकर्ता उर्मिला पन्तलगायतले सम्बोधन गरेका थिए । एकल महिला समूह बाराकी अध्यक्ष यतिन्द्र तिमल्सेनाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

SHARE THIS

Author:

Facebook Comment