रौतहट, २७ फागुनः रौतहट जिल्लाको सदरमुकाम गौरको एक घरमा शनिवार राति आगलागी हँुदा करिव ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । गौर नगरपालिका वडा नं. ५ स्थित भागिरथ साह तेलीको घरमा शनिवार राति दशबजे एक्कसी आगलागी भएपछि घरको भण्डारमा राखिएको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको मेडिकल सर्जिकल सामाग्री सिरिन्ज, बैण्डेज, कपास लगाएतका सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता छेदीलाल कामतीले जानकारी दिए । ती मेडिकल सामाग्रीहरु गौर वडा नम्बर १ स्थित प्राइम सर्जिकलको भएको बताइएको छ । आगलागी भएको थाहा पाए पछि घटना स्थलमा पुगेको नेपाल प्रहरी र शसस्त्र प्रहरीको सयुक्त टोली तथा गौर नगरपालिकाको बारुण यन्त्रले करिव १ घण्टा पछि आगो नियन्त्रणमा लिएको थियो ।