काँग्रेसको टोल समिति गठन


वीरगन्ज,२७ फागुनःनेपाली काँग्रेस नगर वडा कार्य समितीले रानीघाट टोलमा टोल समिती गठन गरेको छ । 
बुथ सभापति प्रमोद साह कानूको अध्यक्षतामा होली ल्याण्ड स्कूलमा  भएको कार्यकर्ता भेलाले प्रभू महत्तोको अध्यक्षतामा ५४ सदस्यीय टोल कमिटीको गठन गरेको हो । कमिटीको उपाध्यक्ष दीपक साह कानू ,कोषाध्यक्ष फैयाज आलम, सचिव प्रभू पटेल, सहसचिव रमेश सर्राफ लगायतका रहेका छन् ।
कार्यकर्ता भेलामा नेपाली काँग्रेस पर्साका पूर्व जिल्ला अध्यक्ष राजेन्द्रबहादुर अमात्य, महासमिती सदस्य रामनारायण प्रसाद कुर्मी, नगर सभापति महम्मद सहाबुद्दिन ,उपसभापति परमानन्द साह कानू, सचिव मनोहर साह कानूले नव निर्वाचित कार्य समितीका पदाधिकारीलाई अबिर टीका लगाएर शुभकामना दिए । भेलामा नेकपा एमाले, फोरम नेपाल, राष्ट्रिय मधेश समाजवाद पार्टीका २५ जना कार्यकर्ताहरुले आफ्ना पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेको घोषणा गरेका थिए ।

SHARE THIS

Author:

Facebook Comment