सबै धर्म समान हुन !

आज शिवरात्री पर्व ! बिहान ६ बजे साथि बीरमान घलानको साइला भाइ दुर्गा घलान ढाका टोपी ढलकायेर बाँसको लिङ्गो ५ थान बोकेर आउदैथ्यो ! उसको जेठो दाज्यु बीरमान घलान मेरो बच्चै देखिको गुच्चा खेल्ने साथि ! हामि दुइको मित्रता नंग र मासु जस्तै छ ! जातिको हिसाबले बीरमानजी तामांग ! म गोर्खे माइला नेवारको छोरा !
साइला किन कस्को लागि बाँसको लिङ्गो बोकेर आइस ? मैले र बीरमानजीले एकै चोटि सोधे ! साइला भाइले जवाफ दियो मितिनी भाउज्युले आज होम गर्न लागेका छन ! मितिनी भाउज्यु अर्थात बीरमानजी को मितको श्रीमती ! जातिमा गुरुङ तर घर अगाडी मन्दिर बनाएर शिवको मुर्ति प्रतिस्थापन गरेकी छिन “बेडा बाबा की जय” मन्दिरको बाहिर यहि लेखिएको छ ! बर्षे पिच्छे होम पुजा आजा गराउनु हुन्छ !
मकवानपुर जिल्ला ताम्सालिंग राज्य मा पर्छ ‘क्यास, ड्यास र झयास माओबादीको कथन’ ! ताम्सालिंग अर्थात तामांग जातिको राज्य ! हाम्रो घर हेटौडा नगर पालीका वार्ड न ८ मा पर्छ ! “हिन्दु, मुस्लिम, इसाई” सबै धर्म मान्ने छन ! बीरमानजी को मितिनी लाइ मैले पनि मितिनी भाउज्यु भन्छु ! बीरमानजी तामांग, मितिनी भाउज्यु गुरंग र म नेवार ! सबै धर्म जातजाति मिलेर बसेका छम ! भित्र भित्र इसाई हरुले धर्म परिवर्तन गराउदै हिडेका छन तर मान्ने ले मान्छन नमान्नेले मान्दैनन ! त्यो आफ्नो विवेक र इक्षाको कुरा ! 

मितिनी गुरुङनि भाउज्युले छिमेकी बाहुन बाजे लाइ बिहानै बोलाएर होम गर्न लाउदै छिन ! सबै जाति र धर्मका हामि त्यो पुजामा उत्साहको साथ भाग लिन्छम ! त यो जाति म उ जाति त्यस्तो कुनै भेदभाव छैन भने अब ति मितिनी भाउज्यु लाइ गुरुङ भएर किन शिब पुजा गरिस ? किन होम गर्न लगाइस ? किन घरको आँगनमा शिवको मन्दीर बनाइस भन्न मिल्छ ? कुनै पनि धर्म मान्न लाइ त्यो धर्म प्रति श्रद्धा र भक्ति भाव हुनु पर्दछ भने बेला बेलामा नेपाल मण्डलमा जात जाति र धर्म लाइ लडाउने पार्टीका नेताहरुले यस्तो कार्य बाट किन पाठ सिक्दैनन ? भन्ने बेलामा नेपाल बहु जाति, बहु भाषी र बहु धर्म भन्ने तर ब्यबहारमा त्यस्तो नगरेर भाले जुधाई गर्ने तथा गराउनेलाई हामि हरु किन तिरस्कार गर्न सक्दैनौ ? यो नै आजको यक्ष प्रस्न सबैलाई ! सबै धर्म समान हुन र कुन धर्म मान्ने र कुन धर्म नमान्ने त्यो आफ्नो स्वबिबेकको कुरा हो त्यसैले हिन्दु, मुस्लिम इसाई हामि सबै हौ भाइ भाइ ! 
महा शिवरात्री पर्वको उपलक्षमा हाम्रा महान नेताहरुलाई इश्वरले सदबुद्धि प्रदान गरुन ! जय भोलेनाथ !

SHARE THIS

Author:

Facebook Comment