क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷जसरी सुत्केरी व्यथा लागेकी एक महिला सन्तान जन्मिने बेलामा एकदमै सचेत र सजग हुन्छिन् र सन्तानको जन्मपश्चात पूरै शरीर शिथिल भएर जान्छ त्यसरी नै पर्व र चाडवाडको बेलामा कर्मचारीहरू बजार अनुगमनमा तदारुकता देखाउँन् र चाडबाड सकिएलगत्तै त्यसतर्फ कुनै चासो देखाउँदैनन ।
राज्यको वर्तमान अन्यौलपूर्ण राजनीतिक परिस्थितिको भरपूर फाइदा लिंदै आएका कालाबजारीयाहरूलाई नेपाली कर्मचारीहरूले पूर्ण रुपमा सघाउन दिनरात प्रयत्नशील रहेको समाचारहरू प्रकाशमा आएका छन् ।
प्रसँग बजारमा पाइने विभिन्न किसिमका खाद्य सामग्रीहरूको हो । बजारमा विभिन्न किराना पसलहरूले अखाद्य सामग्री, तौलमा कमि, मनपरि मूल्य लिने गरिएको भएपनि नापतौल तथा गुण नियन्त्रक विभाग, वाणिज्य कार्यालय, जिल्ल प्रशासन लगातका सरोकारवाला कार्यालयहरूको ढिलासुस्ती र मनपरीका कारण उपभोक्ताहरू मारमा परिरहेका छन् ।
सर्वसाधारण स्थानीय उपभोक्ताहरूका अनुसार नेपाल सरकारले सम्बन्धित निकाय वाणिज्य कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता मंचका एक विशेष बजार नियन्त्रण एवं अनुगमन टोली गठन गरि पर्वहरुमा मात्र कडाई रणनीति बनाए जस्तै ३६५ दिनको लागि वजार अनगमन खटाउने र साथै अधिकार समेत दिने व्यवस्था भए मात्र कालावजारीयाहरु र मिसावट गरि ठगी विक्री वितरण गर्नेलाई डर त्रास भैरहन्छ । तर सो न भै दिएका कारण पर्वहरुमा केहि शुद्धता र केहि नियन्त्रण हुने र बाँकी दिनहरुमा आम उपभोक्ताहरु अखाद्य बस्तु र मूल्य वृद्धिको राम्रो चपेटामा परिरहेको वास्तिविक यथार्थतातर्फ सरकारी संयन्त्र र स्थानीय प्रशासन मौन देखिनुको रहस्य आफैंमा आश्चर्यजनक छ ।
कुनै समयमा अनुगमनमा निस्किएपनि अनुगमनमा समातिएका व्यवसायीहरू राजनैतिक दलहरुको शरण परी मुक्ति पाउने गरेकोबाट पनि अनुगमनले त्यस्ता कालाबजारीया व्यवसायीहरूलाई खासै प्रभाव नपरेको बताइन्छ ।
स्थानियबासी भन्छन् महान पर्व विजया दशमीका समयमा अनुगमन टोलीहरु बजार नियन्त्रणमा व्यापकरुपमा देखिएपनि विजयादशीपछि कुनै पनि अनुगमन र नभएका कारण उपभोक्ताहरू दैनिक ठगिने क्रम बढ्दो छ । तर अब त बजारमा अनियमितता भैंरहँदा पनि अनुगमन टोली कुन गर्भमा छ थाहै छैन ।
(क्राइम चेक साप्ताहिकमा २०६९ चैत्र १ गते प्रकाशित)