सपनाको स्वर्ग स्वदेशमै छ


चौतर्फी संक्रमण, अराजक, अब्यस्बस्थ्ति, बैमनस्य, बैवभ वातावरण छ । जता बाट पनि पिसीने, थिचिने यहीं जनता नै छन् । हरेक दिन अनगिन्ति युवाहरु सुन्दर सपनाको कन्तुर कसी त्रिभुवान अन्तराष्ट्रिय विमान स्थलको डाँडो काटिरहेका छन् । एता देशको यो दसा छ । जनताहरु यस निस्सासिँदो वातावरण बाट वाक्क भैसकेका छन् । निकासको आशामा निस्पट्ट भविष्य कोर्दै परदेसिन बाध्य छन् उनीहरु ।
युवा भनेको देश विकास को खम्बा हो जसलाई अब बिदेशिन बाट नरोक्ने हो भने आउने केहि समय पछि हाम्रो गाउँ घर अनि शहर सुन्य हुने छ । यसरि बिदेशिएर सस्तो मुल्यमा श्रम बेख्नुको पीडा त छ दै छ यसबाट सबै भन्दा बढी घाटा देशलाई नै भएको छ । उनीहरु आफ्ना बल / शक्ति र पसिना उमेर भइन्जेल पराइ भूमीमा खर्चनछन अनि जब उमेर ढल्के पछि स्वदेश फर्कन्छन तब उनीहरु सारीरिक र मानसिक रुपमा पनि निकै थकित कम्जोर भैसकेका हुन्छन । चाहे जस्तोसुकै परिस्थिति किन बेहोर्नु नपरोस देशले यस्तो वातावरण सिर्जना गर्नु पर्छ कि ती बिदेशमा कार्यक्रत नेपालीहरु पनि फर्कुन ।
देशमा यति धेरै सम्भावनाहरु छन् जसलाई सम्बन्धित उच्च तह बाट सकारात्मक रुपमा बिस्वस्निया तवरले अलिकति मात्र जनताको ध्यानाकर्षण र प्रोत्साहित गर्ने हो भने यहाँ हजारौं लगानीकर्ताहरु निस्कने छन् । होला केहि समय / बर्ष दुख र अलि बढी नै मेहनत गर्नु पर्ला तर स्थापित भइसके पछि एउटा सकारात्मक रेखा कोरियेपछी स्वदेशी मात्र होइन त्यहाँ बिदेशी लगानीकर्ताहरु पनि लाइन लाग्ने छन् लगानी गर्न । हाम्रो देशमा के गर्न सकिन्छ भन्नु भन्दा नि के गर्न चाहि सकिन्न / के चाहीं असम्भव छ ? प्राकृतिक / भौगोलिक रुपमा हरेक पक्षले सम्पन्न छ हाम्रो देश, बस यसलाई चिन्नु पर्यो ।
जब नेपाली युवाहरु सुन्दर भविष्यको परिकल्पना गर्दै आफ्नो मातृ भुमी छोडछन् त्यहाँ (विदेश, काम गर्ने ठाउँ) पुगेपछि धेरै दुख पाएको र श्रम शोषण भएको कुरा मात्र छैन सस्तो मुल्यमा पसिना बगाउन बाध्य उनीहरु कति रोगि हुनुका साथै कैयौंले ज्यानै गुमाउनु परेको तितो यथार्थ हामी सामु छन् । अमेरिका, जापान, युके, क्यानाडा , कोरिया जानेहरुको जस्तो स्थिति त्यहाँ छैन । बिशेष गरि खाडी मूलमा कार्यरत नेपाली युवाहरुको कथा ब्यथा निकै नै दुखदायी हुने गरेको छ . पुरुषहरु जति पीडित छन्
त्यसको कैयौं गुणा बढी महिला शोषित र पीडित भएका छन् जुन हाम्रा अघि खुल्ला पुस्तक जस्तै छर्लङ्ग छ ।
खुम्चिएर जिउनु पर्ने बाध्यता त छदै छ त्यसमाथि अकल्पनीय सारीरिक र मानसिक तनाव खपेर बाँधिनु परेको छ । त्यो भन्दा त बरु आफ्नै देशमा थोरै कमाइमा छात्ती फुलाएर फ़ोक्सोभरि सगरमाथाको स्वच्छ हावाको स्वास लिंदै आफ्नै धर्तिमाथि अनि आफ्नै निलो आकाशमुनि पसिना बगाउनुमा हामीलाई गर्भ महशुस हुनेछ । देशको स्थिति साँगुरो परिस्थिति बाट गुज्रिए पनि यहीं कालो कोइला भित्र हीरा फलाउन हामीले सक्नेछौं तर त्यो सहज वातावरण सम्बन्धित निकायले बनाउनु पर्यो ।
र, अर्को भन्ने पर्ने कुरा जो कोहीं बिदेशमा दुखगरी पैसा कमाइरहनु भएको छ उहाँ हरुले आफुले बिदेशमा सिकेको शीपलाई आफै सँग स्वदेशमा गइ प्रयोग गर्नु पर्यो। अहिले लाखौँको संख्यामा नेपालीहरु बिदेशमा कार्यरत छन् व्यक्ति होइन बल्कि काम ठुलो हो भन्ने पाठ चाहीं भुल्नु भएन । बिदेशमा हामीलाई ट्वइलेट सफा गर्न लाज लाग्दैन तर आफ्नै देशमा हामीलाई आफुले खाएको थाल माज्न लाज लाग्छ भिन्नताको सबै भन्दा ठुलो अन्तर हो यो । अहिले धेरैले आफुले बिदेशमा सिकेको शीपलाई स्वदेशमा प्रयोग गरि उत्पादन्सिल कार्यहरु नभएका होइनन तर त्यतिमै हामीले चित्त बुझाउने ठाउँ चाहि छैन। तेरो मेरो होइन बल्कि हरेकमा हामी / हाम्रो भन्ने भावाना हुनु पर्यो ।
यदि स्वदेशमै विविध खाले अबसरको फुल फुले विदेशको बेल्चा पेल्नु पर्ने छैन . बरु बिदेशीहरु हाम्रोमा काम खोज्दै आउनेछन । अनि सुन्दर भविष्यको परिकल्पनामा गर्दै ऋणको भारि बोकी विदेश जानु पर्ने छैन । सपनाको स्वर्ग स्वदेशमै छ नकी बिदेशमा !!
(काठमाण्डौ घर भएकी पंक्तिकार हाल इजरायलमा हुनुहुन्छ ।)
क्राइम चेक साप्ताहिकमा २०६९ चैत्र १ गते प्रकाशित


SHARE THIS

Author:

Facebook Comment