“यहाँ नेपालका काठ (सखुवा) मिलता है”


क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷राष्ट्रिय सम्पत्तिको रुपमा रहेको वन वन भित्र रहेका वन्यजन्तुहरूलाई संरक्षण सम्बद्र्धन गर्न सरकारको अक्षमताका कारण राष्ट्रिय सम्पत्तिहरू लोप हुन लागेको बारे राष्ट्रव्यापी चर्चाको विषय बन्न पुगेको सरकारले वन संरक्षणका नाममा निजी वन समुदायिक वनको लागि नयाँ योजनाहरु तर्जुमा गरे पनि वन तस्करहरूले केहि स्थानमा वन कर्मचारीहरुको मिलीभगतमा नै वन फडानी भै रहेको सो सम्बन्धमा कैयन वन कर्मचारीहरु पक्राउ परे पनि कुनै ठोस कारवाही नहुँदा वन फँडानीमा कुनै किसिमको कमि आएको देखिन्न
                वन क्षेत्र आसपासका गाउँलेहरूका भन्छन्, “तस्करहरूले वन फँडानी भएदेखि वन्यजन्तहरू वन भित्र रहेका अहारा नभएका कारण हामीहरुले लगाएको बालीनालीहरु रातको समयमा आएर नष्ट गरि दिने बाघ, चितुवा हातीहरुले पनि ठूलै क्षति पु¥याइउने गरेका हुन्छन्
यस्तै अवस्थामा अझ वन संरक्षण नगर्ने हो भने हम्रो मौलिकता पहिचान भएका वन जन्तुहरु पनि लोप हुनेमा कनै शंका हुन सक्दैन
                भनिन्छ नेपालको वन जुन प्रकार हुनु पर्ने हो त्यस्सो नभएका कारणले गर्दा वन शिकारीहरुलाई पनि शिकार गर्ने राम्रो अवसर भएको हुँदा शिकारीहरू प्नि आनन्द पूर्वक शिकार गर्ने गरेका छन् तर वन्यजन्तुको सुरक्षाका लागि वन सुरक्षा कर्मचारीहरू रहेपनि राष्ट्रका प्रमुख वन्यजन्तु गैंडा को शिकार गर्ने शिकारीहरूले मार्ने गरेका छन् राष्ट्रले गन्ति गरि राखेका गेंडाहरूमा कमि आएको भने अन्य हरिण, मृग, आदीको मासुमा प्रयोग हुने पशुपंछिहरू के कति शिकार ¥र्यो त्यसको लेखाजोखा सरकारसँग पनि सायद छैन जबसम्म राष्ट्रिय सम्पतिको सुरक्षा प्रति ध्यान नदिने हो भने नेपालको धन हरियो वन केहि समय पछि उखान टुक्का मात्र सिमित नभई पहिला नेपालको उख्खान टुक्का यो पनि थियो भनेर सुनाइने देखिन्छ
                एक नेपाली नागरिकले हामीलाई बताए अनसार हामी नेपालीले नदेखेका जंगली काठहरु भारतको मिलहरुमा देख्न पाएकाछौं बहुमल्य साख, शिशम अन्य जातका गोलीया काठ पाउने गर्छन् नेपालका नागरिकहरुलाई हेर्न नपाए पनि भारतीयहरुले प्रयोग गर्न पाउनुबाट हामी नेपाली कति सम्म दुर्भाग्यशाली  अर्थात अभागी छांै भन्ने प्रस्ट हुन्छ तर एक महान कवी ज्यÒले रचेको कविता याद आउँछ के हो यो अमृत सखा पान, आफ मिटाई अरुलाई दिनु ज्यान, भने जस्तै भएको सो काठ तस्करीहरुले भारतीय सिमामा पर्ने स्थानहरु उल्लेख गरेका छन्
                पर्साको भिखन ठोरी हुदै भारतको प्रमख नगर नरकटीयागंज बारा जिल्लाका मटीअर्वा  हँदै भारतको घोडासान बजार, रौतहटको भारतको बैरगनियाँ बजार पग्ने गरेका छन् भारतको विहारका कतिपय बजारमा रहेका फर्निचर, सःमिल हरूमायहाँ नेपालका सखुवा मिलता है अथार्त यहाँ नेपाली सालको काठ पाइन्छ भनेर समेत लेखिएको बोर्डहरू झुण्ड्याएको पाइन्छ
                यदी वन नै संरक्षण गर्न सरकारको सदिक्षा भने वन कर्मचारीहरु भन्दा सरकारका दंगा प्रहरी वा सशस्त्र प्रहरीहरुको जिम्मा लगाउन जरुरी देखिन्छ
(क्राइम चेक साप्ताहिकमा २०६९ चैत्र गते प्रकाशित)

SHARE THIS

Author:

Facebook Comment