क्राइमचेक प्रतिनिधि÷
रौतहट÷केहि पहिले र वर्तमानको अवस्थामा पनि नेपाली चेलीबेटीहरुलाई भारतको प्रमुख शहर मुम्बई लगायतका विभिन्न स्थानहरूमा लगि बेच्ने गिरोह वर्तमान अवस्थामा पनि सक्रिय रहेपनि यतिखेर नेपाली भूमिमा भारतीय नागरिकहरुले आई–
वेश्या वृत्तिको आनन्द प्राप्त गरिरहेका छन् ।
हुन त विगतका वर्षहरुमा स्थानिय प्रशासनका प्रहरी निकायहरु प्रत्येक होटल र लजहरुमा साँझको समयमा निरीक्षण गर्ने र शंका लागेका कुनै पनि व्यक्तिहरुको परिचय र हुलिया
समेत सोधपुछ गर्ने परिपाटीले गर्दा होटेल लजहरुले असमाजिक विकृतीका व्यक्तिहरुलाई भाडा दिन नरुचाएका भए पनि प्रशासन स्तरबाट सो कार्य बन्द पछि होटेल र लज धनीहरुले पनि त्यस्ता व्यक्तिहरुसँग राम्रो शुल्क लिने गरेको पनि जानकारी प्राप्त हुन आएको छ ।
स्थानीयबासीहरू भन्छन, चन्दनिगाहपुर क्षेत्र भित्र रेष्टुराहरु संचालन भए देखि असमाजिक विकृतीहरु व्यापक रुपबाट भईरहेको बताउँदै, रेष्टर संचालकहरूले व्यवसाय संचालनका लागि मुलुकको विकट ठाउँका यवतीहरु पैसाको प्रलोभन र उनका अभिभावकलाई अग्रीम रकम दिने र युवतीहरुलाई ल्याई व्यवसाय फष्टाउने गरेका छन् । युवतीहरुसँग सम्पर्क बढाउन भारतीय युवाहरु रौतहटको चन्द्रनिगाहपुरका विभिन्न रेष्टुराहरुमा सांझ भएपछि भिड लाग्ने र रकमको प्रलोभन दिएर होटेल तथा लजहरुमा ती युवतीहरुसँग असमाजिक कार्य गरी जाने गरेका छन् । सो कार्य व्यापक वृद्धिले गर्दा स्थानीय युवती र महिलाहरुलाई आफ्नो व्यक्तिगत घरायसी सामान किन्न बजार निस्कन समेत कठिनाई भएको समेत स्थानियबासी वताउँछन् ।
एक स्थानियबासिले हामीलाई जानकारी दिए अनसार केहि भारतीय युवाहरुले आफूलाई ईच्छाएका युवतीहरुलाई वीरगंज हुँदै भारतको रक्सौलमा स्थित होटल तथा लजमा लगि बेश्याबृद्धी गर्ने गरेको पनि जानकारी भएको छ । सो वेश्यावृत्ति कार्य खुल्ला भएको हुँदा सो क्षेत्र आसपासका युवाहरुलाई मम्वई जान आवश्यक समेत नरहेको पनि बताउँदै अत्यधिक गोरो युवती अन्दाज २०,२५ बर्षको भयो भने अति आकर्षित हुने र रेष्टुरा धनीलाई पनि अत्यधिक फाईदा हुने गरेका छन् । तर असमाजिक कार्य रोक्न सरकार स्तरबाट जति कै चनाखो देखाए पनि बढदो वेश्यावृत्ति रोक्न असफल भएको वर्तमानको अवस्थाले प्रमाणित भैसकेको छ ।
(क्राइम चेक साप्ताहिकमा २०६९ चैत्र १ गते प्रकाशित)