अब १० घण्टा


नेपाल विद्युत प्राधिकरणले गत सोमवारबाट लागुहुनेगरी लोडसेडिङ अर्थात विद्युत कटौतीको अवधिमा दुई घण्टा कम गरेको छ । नदीहरुमा पानीको जलस्तर घट्ने क्रम रहेता पनि तापिय विद्युत संचालन, भारतबाट विद्युत आयात, कालीगण्डकी ए जल विद्युत केन्द्रको मर्मत कार्य समयमै सम्पन्न, कुलेखानी जलासायको पानी संचिती समेत अनुकूल रहेको एबं चुहावट नियन्त्रण कार्यको प्रभावकारी अनुगमन भएको कारणबाट तथा निकट भविष्यमा संचालन हुन गईरहेको प्रवेशिका परीक्षा समेतलाई  दृष्टिगत गरी विद्युत कटौती कम गरेको गरेको छ । दिनको १२÷१४ घण्टाको लोडसेडिङ खप्न बाध्य नेपालीलाई अहिले केही हदसम्म राहत मिलेको भएपनि लोडसेडिङको समस्या भने अझै पूर्ण रुपमा समाधान हुन सकेको छैन । अझै पनि नेपाली जनताहरू दैनिक १० घण्टे विद्युत कटौतीको त्रासमा बस्नुपर्ने बाध्यता कायम छ । यो समस्या पूर्ण रुपमा समाधान हुन सकेको छैन ।

गणतन्त्र नेपाल कायम भएसँगै नेपाली जनताले पाएको लामो समयमो विद्युत कटौती अर्थात “लोड सेडिङ”नामक उपहार जनताले अहिले पनि पाइराखेकै छन् । नेपालमा भएका जलविद्युत परियोजनाहरूमा नेपाली दलहरूले समय–समयमा गर्दै आएको राजनीतिक करण, चन्दाआतंक अथार्त कमिसनको भागबण्डा, राजनीतिक चलखेल, कार्यकर्ता भर्ना केन्द्र, बन्द, हड्ताल लगायतका अराजनीतिक गतिविधिका कारण समस्या–झन जटिल बन्दै गएको हो ।
मुलुक जलसम्पदामा विश्वकै दोश्रो धनि मुलुकका रुपमा रहेपनि जलविद्युतको अवस्था झनै बिडम्बनापूर्ण रहेको छ । जलसम्पदाको धनि मुलुकका जनताले दैनिक १२÷१४ घण्टासम्म लोडसेडिङको मार खप्नु त्यो पनि पाँचैवर्षभन्दा बढी समयदेखि, मुलुककोलागि ज्यादै लज्जास्पद कुरा हो । ब्राजिलपछि पानीको भण्डार रहेको हाम्रा मुलुको नीति निर्माताहरूको दुर्बुद्धिका कारण ठूल–ठूला हाइड्रोपावरको योजनामा विदेशीहरूले लगानी गर्न चाहेनन् । यदि कोही लगानीको चाहना राखेर नेपालमा आइहाल्यो भने पनि अनेकथरिका बाधा व्यवधान खडा गरेर उनीहरूलाई फर्काउने अवस्था सिर्जना गरिरहेका दलहरूले नेपालीको हितलाई कुनै पनि काम गरेनन् । जबसम्म एकले अर्कालाई हेर्ने दृष्टिकोणमा एकरुपता ल्याउन सकिन्न, तबसम्म नयाँ नेपाल निर्माणको जतिसुकै ठूला कुरा गरेतापनि त्यो खाली खाक्रो साबित हुनेमा कुनै शंका हुन सक्दैन ।
यो समस्याको अन्त्य नहोउञ्जलसम्म कुनै पनि विकासको पूर्वाधार निर्माण हुन सक्दैन । यसले नयाँ नेपालको निर्माण नभई उही पुरानो १८ औं शताब्दीको अन्धकारमय युगमा नपु¥याउला भन्नेमा शंका छैन । जलविद्युतको क्षेत्रमा दलहरूले पु¥याएको हानी नोक्सानी र सिर्जना गरेको व्यवधानबारे आत्मलोचना गरी समयमै वुद्धि पु¥याउने हो र साना–ठूला नयाँ जलविद्युत परियोजनाहरूको निर्माण कार्य तीव्र गतिका साथ गर्ने हो भने अबको केही वर्षमै लोडसेडिङको समस्या समाधान हुने देखिन्छ । सम्बन्धित निकायले यसतर्फ गंभीरताकासाथ ध्यान दिनु जरुरी छ ।

SHARE THIS

Author:

Facebook Comment