प्रनि बोगटीको क्याम्पमा अर्को चर्चाः आपसमा छुरा हानाहान


क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷पर्सा जिल्लामा रहेको सशस्त्र प्रहरीको एउटा वेश क्याम्पमा सशस्त्र प्रहरी निरीक्षक सुमन बोगटी आएदेखि नै विभिन्न खुरापाती काम गरेर चर्चामा आउने क्रमलाई निरन्तरता दिएका छन्
सफल नेतृत्व क्षमता नभएकै कारण सशस्त्र प्रहरी निरीक्षक बोगटीले नेतृत्व गरेको सशस्त्र प्रहरीबल सुरक्षा वेश क्याम्प भिखमपुर समय(समयमा चर्चामा आउँदै गरेको हो

कहिले त्यहाँ कार्यरत जवान सोही गाउँका चेलीबेटीलाई ललाई फकाई भगाउने गरेको, कहिले कुखुरा लगायतको अवैध चल्ला अनि कहिले अवैध भारतीय सामान पक्राउ गरेपनि आफ्ना माथिल्लो निकायमा जानकारी नगराउने, कहिले फुटबल खेलेर दिन बिताउने राजशी ढाटबाटमा दिन व्यतित गर्न बानी परेका सप्रनि बोगटीले नेतृत्व गरेको सो वेश क्याममा पछिल्लो समय छुरा हानाहान भएको समाचार प्राप्त हुन आएको
प्राप्त जानकारी अनुसार सो क्याम्प भित्र प्रहरी विचमा नै छुरा हानाहान भएको आफुहरुलाई भेदभाव गरेको भन्दै भिखमपुर क्याम्पमा कार्यरत प्रहरी जवानहरुले सोहि क्याम्पका लेखापालमाथी छुरा प्रहार गरि घाइते बनाएका छन् छुरा प्रहारबाट घाइते भएका लेखापालको उपचार भएको उनको नाम ससस्त्र प्रहरीले गोप्य राखेको घटनाबारे छानविन भइरहेको दोषीलाई कारवाहि गरिने ससस्त्र प्रहरी उपरीक्षक नागेन्द्र थापाले बताउनु भयो यसैबीच घटनाका बारेमा बाहिर जानकारी नदिन भिखमपुरका प्रहरी निरिक्षक सुमन बोगटीले सो क्याम्पमा कार्यरत ५० जना प्रहरी कर्मचारीको मोवाइल नियन्त्रणमा लिएको पनि थाहा हुन आएको
(क्राइम चेक साप्ताहिकमा २०६९ चैत्र गते प्रकाशित)

SHARE THIS

Author:

Facebook Comment