वीरगंज÷नेकपा एमालेका
वरिष्ठ नेता
माधवकुमार नेपाल वर्तमान राजनीतिक परिवेशमा
आफूलाई दोधारमा
देखिएका छन्
।
वीरगंज स्थित
होटल भिषुवामा
प्रेस चौतारी
पर्सा शाखाले
बुधबार आयोजना
गरेको पत्रकार
सम्मेलनलाई सम्बोधन गर्ने क्रमममा प्रधानन्यायाधीशको
नेतृत्वमा चुनावी सरकार गठन गर्ने
विषयको उनले
विरोध वा
समर्थन के
गरिरहेका छन्
भन्ने स्पषट
जवाफ दिन
सकेनन् ।
उनले भने,
“प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने
हाम्रो पार्टीको
निर्णयप्रति मेरो असहमती छ, तर
राजनीतिक निकासका
लागी दलहरुबीच
कुनै न
कुनै हिसाबले
सहमती हुन
पनि आवश्यक
छ ।
कम्युनिष्ट पार्टीमा पार्टीले
संस्थागतरुपमा गरेको निर्णयप्रति कुनै असहमती
भए नोट
अफ डिसेन्ट
अर्थात् असहमतीका
बुँदाहरु उल्लेख
गरेर पार्टीमा
औपचारिकरुपमा दर्ता गर्ने वा बैठकको
निर्णय पुस्तिकामै
नोट अफ
डिसेन्ट लेखेर
सहमती जनाउने
प्रावधान हुँदा
हुँदै अनुशासनहीन
ढंगबाट एमालेका
वरिषठ नेता
माधव कुमार
नेपालले सार्वजनिकरुपमै
पार्टीको संस्थागत
निर्णयप्रति विरोध जनाइ रहेका छन्
।
वर्तमान् राजनीतिक घटना
क्रममा गतिरोध
अन्त्यका लागी
भइरहेका वार्ताहरुमा
आफूलाई महत्व
नदिइएका कारण
चिढिएका माधवकुमार
नेपालले राजनीतिक
स्पेश खोज्नका
लागी पार्टी
निर्णयविरुद्ध बोल्दै हिंडेको अर्का नेता
केपी शर्मा
ओली समर्थक
कार्यकर्ताहरुको आरोप छ ।
(क्राइम चेक साप्ताहिकमा
२०६९ चैत्र १ गते प्रकाशित)