क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷पर्साको मिर्जापुर
प्रहरी चौकीले
मंगलबार राती
भारतीय मोटरसाइकलसहित
२० किलो
ग्राम अवैध
चरेश बरामद
गरेको समाचार
पराप्त भएको
छ ।
प्रहरीले चरेश
र मोटरसाइकल
मात्र बरामद
भएको दाबी
गरेपनि मोटरसाइकल
चालक तस्करलाई
प्रहरीले नै
उम्काएको स्थानीयबासिन्दाले
आरोप लगाएका
छन् ।
मिर्जापुर गाविसको
वडा नम्बर
७ स्थित
ओरिया खोलाको
छठघाट नजिकैबाट
बीआर २२
एन ०९७१
नम्बरको भारतीय
मोटरसाइकलमा लोड गरिएको ३६ पोका
चरेश बरामद
गरिएको प्रहरी
चौकी मिर्जापुरका
प्रहरी सहायक
निरिक्षक कमलेश
यादवले बताएका
छन् ।
उनले मोटरसाइकल
चालकलाई पक्राउ
गर्न नसकिएको
दाबी गरे
। हरिहरपुर
गाविसबाट चरेश
लिएर भारततर्फ
लैजाँदै गरेको
अवस्थामा प्रहरीले
नियन्त्रणमा लिन सफलता पाएको इलाका
प्रहरी कार्यालय
पोखरियाका प्रहरी निरिक्षक खेम नारायण
चौधरीले बताए
।
यता बाराकोे
इनर्वासिरा गाविसबाट प्रहरीले बुधबार बिहान
एक थान
नलकटुवा बन्दुक
बरामद गरेको
छ ।
प्रहरी चौकी
इनर्वासिराबाट खटिएको प्रहरी टोलीले मकैबारीबाट
एक थान
नलकटुवा बन्दुक
र त्यसमा
लाग्ने एक
राउण्ड गोली
बरामद गरेको
प्रहरी उपरिक्षक
ठाकुर प्रसाद
ज्ञवालीले जानकारी दिएका छन् ।
स्थानीय नागेन्द्र
यादव र
मदन यादवबीच
झगडा हुँदा
यो बन्दुक
प्रयोग भएको
स्थानीयवासीले बताएका छन् । बन्दुक
कस्ले वैध
वा अवैधरुपमा
आफूसँग राखेको
हो भन्ने
बारे अनुसन्धान
भइरहेको प्रहरीले
जनाएको छ
। (यात्राडेली)
(क्राइम चेक साप्ताहिकमा
२०६९ चैत्र १ गते प्रकाशित)