वीरगन्ज,५ चैतः नारायणी अञ्चल प्रहरी कार्यालय वीरगन्जले ठूलो परिमाणमा भारतीय अवैध कपडा बरामद गरेको छ । भारतबाट भन्सार राजश्व छलेर कपडा भित्र्याइएको सूचनाका आधारमा प्रहरीले वीरगन्जको नेपाल भारत सीमा क्षेत्र नजिकैबाट ५ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको कपडा बरामद गर्न सफलता पाएको हो । बरामद गरिएका कपडा अञ्चल प्रहरी कार्यालयमा राखिएको छ । कपडाबारे थप अनुसन्धानपछि वीरगन्ज भन्सार कार्यालयमा बुझाइने अञ्चल प्रहरी कार्यालयले जानकारी दिएको छ ।