काठमाडौ, ५ चैत । नेकपा एमालेका सचिव विष्णु पौडेलले प्रधानन्यायाधिस खिलराज रेग्मी नेतृत्वको सरकारलाई लिए पार्टी भित्र कुनै पनि विवाद नरहेको दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी सरकार गठन भए देखिनै पार्टी भित्र रहेको विवाद हटेको बताए ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा सचिव पौडेलले भने– बरिष्ठ नेता माधव नेपाल, महासचिव ईश्वर पोख्रेल लगायतका नेताहरुले ब्यक्त गरेको असहमति चुनावी सरकार गठन भएसँगै हटेको छ । अब उहाँहरुको कुनै असहमति छैन । नेकपा एमालेभित्र निर्वाचनमा जाने विषयमा कुनै विवाद छैन । अहिले विवाद गर्ने बेला पनि होईन । जनताको परिक्षामा सबै एक भएर जानु पर्छ ।
नेकपा एमाले विघटित संविधानसभाले गरेको काम समर्थन गर्दै लोकतान्त्रिक संविधान निर्माणको एजेन्डा लिएर निर्वाचनमा पूर्ण रुपमा होमिने बताउँदै उनले एमालेले अहिले निर्वाचनबाहेकका कुनै पनि विषयमा विवाद नगर्ने स्पष्ट पारे ।
पछिल्लो समयमा विवादीत देखिएका लोकमान सिंह कार्की सहितका ब्यक्तीत्वहरुलाई संबैधानिक निकायहरुमा नियूक्तीको विषयमा राखिएको जिज्ञासामा पौडेले एमाले निर्वाचनमा केन्द्रीत रहेकोले नियूक्तीका कुनै पनि विवादमा नअल्झिने स्पष्ट पारे । उनले भने–अहिले हाम्रो दृष्टि निर्वाचनमा छ । हामि यस्ता कुनै पनि नियूक्तीमा विवाद गर्दैनौ । यो विवाद गरेर बस्ने समय होईन । संबैधानिक निकायमा नियूक्ती निर्धारित प्रक्रिया अनुसार हुन्छ। त्यसमा हाम्रो विरोध र चासो छैन ।
उनले दलहरुवीच बहालवाला प्रधानन्यायाधिसकै नेतृत्वमा अन्तरिम चुनावी मन्त्री परिषद गठन गर्ने सहमति भएको स्पष्ट पार्दै एमालेको बर्तमान सरकारलाई दृढ समर्थन रहेको बताए ।
नेपालमा संविधानसभाको दोस्रो निर्वाचन हुनबाट संसारको कुनै पनि ताकतले रोक्न नसक्ने ठोकुवा गर्दै विरोधमा रहेका दलहरु पनि निर्वाचनमा जाने विश्वास ब्यक्त गरे ।
पौडेलले भने–सडकमा रहेका दलहरुको अहिलेको प्रक्रियामा असहमति हो । निर्वाचनको कसैले पनि विरोध गरेका छैनन् । हामि वार्ता गर्छौ । निकासको लागि निर्वाचनको विकल्प नभएको स्पष्ट पार्छौ । सबै निर्वाचनमा जानु हुन्छ ।
राजनीतिमा शक्तिको स्रोत जनता हुने भएको तर अहिले ब्यवस्थापिका भएकोले शक्तिपृथकीकरण विषये प्रभावकारी हुन नसक्ने दावी गर्दै निर्वाचन पछि मात्रै शक्तिपृथकीकरण स्थापित हुने उनले तर्क गरे ।