काठमाडौ, ५ चैत । नेपाल निजामती कर्मचारी युनियनले आफुहरुको माग पुरा गर्ने गरी सरकारले प्रस्तुत अध्यादेश स्वीकृत नभए निर्वाचन हुन नदिने चेतावनी दिएको छ । रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा कर्मचारी युनियनले राष्ट्रपति समक्ष रोकिएर रहेको अध्यादेश तत्काल स्वीकृत नभए अव हुने निर्वाचन बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।
उनीहरुले निजामति सेवा ऐन अनुसार दफा २४ घ को १ अनुसार वढुवा भएका र स्वास्थ्य सेवा ऐन अनुसार स्तरबिृद्धि भै पदभार पाएका कर्मचारीहरुको व्यवस्थापन गरी बढुवा प्रणालीलाई व्यवस्थित बनाउनका लागी निजामती सेवा ऐन र स्वास्थ्य सेवा ऐन संसोधनको अध्यादेश राष्ट्रपतिकोमा रोकिएर रह्ेको भन्दै तत्काल स्वीकृत नगरीए सशक्त आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष सुवोध देवकोटाले निजामती कर्मचारीहरुको मागलाई सम्बोधन नगरी चुनावको दिवा सपना नदेख्न आग्रह गर्नु भयो । उहाँले आफ्ना मागलाई पुरा नगराई जोखिम मोलेर चुनावमा नजाने स्पष्ट पार्नु भयो । निजामती कर्मचारीको अध्यादेश पहिले जारी गरेर मात्रै चुनावको तयारी गर्न देवकोटाले सरकारलाइ आग्रह गर्नु भयो ।
कर्मचारीले चाहे मात्रै चुनाव समयमा हुने भन्दै उहाँले कर्मचारीको माग अविलम्ब पुरा गरे दुई महिनामै निर्वाचन गराउन सकिने विश्वास व्यक्त गर्नु भयो । सरकारले निजामती कर्मचारीको पदमा बृद्धि गरेको र तलब बढुवा अनुसार दिए पनि काम नदिएको कर्मचारीहरुको गुनासो छ । यस्ता कर्मचारी नेपालमा करिव २५ हजारको हाराहारीमा रहेका छन् ।