बिराटनगर, फागुन २५ – प्रेस चौतारी नेपालको सातौं राष्ट्रिय अधिवेशन
विरागटनमार शुरु भएको छ । अधिवेशनको एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन
गर्नुभयो ।
नेतृत्व चयन गरी भोलि सकिने अधिवेशनमा ४ सय ६२ जना प्रतिनिधिले भाग लिएको सचिव लक्की चौधरीले जानकारी दिनुभयो ।
चौतारीको अध्यक्षमा राजेन्द्र अर्याल र विष्णु रिजालको दावी रहेको छ । तर
सहमति भएमा वर्तमान अध्यक्ष गगन बिष्ट र प्रमोद दाहाल मध्ये एक जनालाई
अध्यक्ष बनाउने गरी छलफल पनि चलिरहेको छ ।
महासचिवमा लक्की चौधरी र माधव नेपालको दावी छ । त्यस्तै सचिवमा रामकुमार
एलन, गणेश पाण्डे र टीका बिष्टको चर्चा छ । शनिबार उम्मेदवारी दर्ता र
मतदान हुनेछ ।
अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष खनालले प्रेस स्वतन्त्रता बिना
लोकतन्त्रको संरक्षण नहुने भन्दै एमाले प्रेस स्वतन्त्रताका पक्षमा दृढताका
साथ लाग्ने बताउनुभयो ।
मुलुकलाई निकास दिन चुनाव अनिवार्य रहेको खनालले बताउनुभयो ।