वीरगन्ज,२५ फागुनः नेपालबाट गैर कानूनीरुपमा बालकहरुलाई भारतको कर्नाटक शहरतर्फ लैजाँदै गरेको अवस्थामा सीमा सुरक्षा बलले नाकाबाट उद्धार गरेको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बलको भन्सार गस्ती टोलीले इनर्वा नाकाबाट टेम्पोमा सवार १३ जना बालकलाई उद्धार गरेको हो । बालकलाई आफूसँगै भारत लैजाँदै गरेका चारजना नेपाली यूवकलाई पनि सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको हो ।
१० देखि १२ वर्ष उमेर समूहका बालकलाई आफूसँगै लैजाँदै गरेका मकवानपुर ९ राईगाउँका दाजुभाईद्वय यूवक थिङ्ग, शेरप लामा, बारा डुमरवाना ६ का दुर्गा लोप्चन र रौतहटको रंगपुर ५ का देव कर्साङ लामालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।