सैन्य भर्नामा अनियमितता ?


फागुन २५ – नेपाली सेनामा भर्ना हुनका लागि आवेदन दिएकाहरुले कञ्चनपुरको महेन्द्रनगरमा रहेको नेपाली सेनाको २५ नम्बर बाहिनीले सैन्य भर्ना निस्पक्ष नगरेको आरोप लगाएका छन् ।
उनीहरुले उच्च तहका अधिकारीहरुले समान्य छनौटमा पनि फेल भएकाहरुलाई छनौट गरेको र आफ्ना मान्छेलाई भर्ना गराउन पास भएकाहरुलाई फेल गराएको आरोप लगाएका हुन् ।
आधारभुत छनौट प्रक्रियामा सहभागि नभएकाहरुलाई पनि लिखित परिक्षामा सहभागि गराई छनौट गरेको आवेदकहरुको दावी छ ।
नेपाली सेनाले भने आरोपको खण्डन गरेको छ । २५ नम्बर बाहिनीका महासेनानी गंगा गुरुङ्गले छनौटमा अनियमितता नभएको दाबी गर्दै अनियमितता गरेको भेटिए कडा कारबाही गरिने बताउनुभयो ।
२५ नम्बर बाहिनी भगतपुरमा एक सय २५ जनाका लागि दुई हजार दुई सय ४० जनाले आवेदन दिएका थिए ।

SHARE THIS

Author:

Facebook Comment