काठमाडौं, फाल्गुन २५ । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनका लागि आज प्याकेजमा सहमति गर्ने दाबी गरेका प्रमुख चार दलका शीर्र्ष नेताहरुको बैठक केही बेरअघि सुरु भएको छ । हिजोको वैठकमा मतदाता नामावली, नागरिकता, सत्यनिरुपण तथा मेलमिलाप आयोग लगायतका विषयमा लगभग सहमति भएको र बाँकी विषयमा आज सहमति जुटाइने नेताहरुको दाबी रहेको छ ।
शीर्ष नेताहरुको वैठकका लागि सहज बनाउन र बाँकी विषयहरुमा सहमति खोज्न चार दलीय कार्यदलको वैठक पनि नयाँ बानेश्वरमा बसिरहेको छ ।
कानूनी र प्राविधिक विषयलाई हल गरेर आजै बाधा अड्काउ फुकाउँदै प्रधानन्यायाधीशको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद गठन गर्ने कोशिसमा दलहरु लागेका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रमुख चार दलबीच आजपनि सहमति हुने सम्भावना न्यून रहेको दाबी गरेका छन् । भरतपुर विमान स्थलमा पत्रकारहरुसँग कुरागर्दै नेता नेपालले अभैmपनि विवादित विषयहरु धेरै नै रहेकाले आजै सहमति हुन नसक्ने जिकिर गरे ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको महाधिवेशनबाट अघि सारेको प्रधानन्यायाधीशको विकल्पमा अन्य दललाई घुँडा धराएर सहमतिमा ल्याउन खोजेको नेपालको आरोप थियो ।
माओवादीहरु न्यायपालिका र नेपाली सेनालाई आफ्नो मुठ्ठीमा राख्ने षड्यन्त्रमा लागेको भन्दै उनले त्यस्तो सहमति नगर्न वार्तामा रहेका नेताहरुलाई आग्रह गरे ।