नवलपरासी, फाल्गुन २५ । नवलपरासीबाट नक्कली भारतीय नोटसहित चार जना भारतीयहरु पक्राउ परेका छन् । नवलपरासीको बेलटारी इलाका प्रहरी कार्यालयको टोलीले मदरथानमा लागेको मेलाबाट तिनीहरुलाई पक्राउ गरेको हो ।
मेलामा भीडभाडको मौका छोपी नक्कली भारतीय रुपैयाँ सहटी गर्ने क्रममा पक्राउ पर्नेहरुमा बिहार, पश्चिमी चम्पारण जिल्ला, बेतियाका २० वर्षे पिन्टु यादव, भेडीहारीका २६ वर्षे विजय बिन, १८ वर्षे मोटन राय र हरिनगरका २५ वर्षे बवाली राय रहेका छन् ।
उनीहरुको साथबाट पाँच सय र हजार दरका ७ हजार नक्कली भारु बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरुले मेलामा रहेका विभिन्न पसलमा १४ हजार ६ सय भारु सटही गरिसकेको पाइएको पनि प्रहरीले जनाएको छ ।