भुकम्पले प्रहरी चौकीमा क्षति

गएराति गएको भुकम्पले रुकुमको एक प्रहरी चौकीमा क्षति पुगेको छ । हिजो राति १० बजेर ३४ मिनेटमा गएको ५ दशमलव ४ रेक्टर स्केलको भुकम्पले सदरमुकामस्थित सल्ले विमानस्थलमा रहेको प्रहरी चौकीको भवन चर्केको जिल्ला प्रहरी कर्यालयका प्रमुख डिएपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। मानवीय क्षति नभएपनि क्षतिको विवरण संकलन गर्न प्रहरीलाई परिचालित गरिएको छ।
नेपाल भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु रुकुम हो। भुकम्पले जिल्लाका विभिन्न गाउँका घरहरुमा क्षति पुगेको बताइएको छ। तर, क्षतिको विवरण आउन सकिरहेको छैन।
जिल्लाको खोलागाउँ, नुवाकोट, अर्मा, खलंगा लगायतका ठाउँमा घरहरु चर्केका छन्। चौरजहारीमा घट्ट भत्केका प्रहरीले जनाएको छ। भुकम्पको धक्का सल्यान, जाजरकोट, दाङ, रोल्पा लगायतका जिल्लामा महशुस गरिएको थियो।

SHARE THIS

Author:

Facebook Comment