लोडसेडिङ्‍ घट्‍यो (तालिकासहित)

कालिगण्डकी ए मर्मत सम्पन्न, विद्युत उत्पादन सुरु


काठमाडौं, फाल्गुन २६ ।  नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लागु हुनेगरी दैनिक २ घण्टा लोडसेडिङ्ग घटाएको छ । अब सातामा ७० घण्टा लोडसेडिङ्ग हुने छ । यसअघि सातामा ८२ घण्टा लोडसेडिङ्ग हुँदै आएको थियो ।

नदीहरुमा पानीको बहाव घट्ने क्रम रहेता पनि कालीगण्डकी ए जल विद्युत केन्द्रको मर्मत कार्य समयमै सम्पन्न भएको, भारतबाट विद्युत आयात, कुलेखानी जलासायको पानी संचिती समेत अनुकूल रहेकाले लोडसेडिङ्गको अवधि घटाइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रवेशिका परीक्षा समेतलाई दृष्टिगत गरी लोडसेडिङ्ग तालिकामा हेरफेर गरेको हो ।

मुलुकको सबैभन्दा ठुलो १ सय ४४ मेघावाट क्षमताको कालिगण्डकी ए जलविद्युत केन्द्रले शनिबारदेखि विद्युत उत्पादन चालु गरेको छ । उत्पादन गृहमा समस्या आएपछि विगत ८ दिनदेखि विद्युत उत्पादन नै बन्द गरेर मर्मत गरिएको थियो । सुरुङवाट उत्पादन गृहमा पानी रोक्न प्रयोग हुने इन्लेट भल्वले काम नगरेपछि मर्मत गरिएको थियो । 

मर्मतका लागि १० दिन लाग्ने बताइएपनि ८ दिनमै मर्मत कार्य सम्पन्न भएको केन्द्र प्रमुख अवधेशकुमार सिंहले जानकारी दिनुभयो ।

जडित क्षमता १ सय ४४ मेघावाट भएपनि नदीमा जलप्रवाह घटेकाले पछिल्लो समयमा दिउँसो ६० मेघावाट र साँझको समयमा ९० मेघावाट विद्युत उत्पादन भैरहेको थियो ।


सो विद्युत गृह मर्मत लगत्तै शनिबार भने विहानको समयमा ८० मेघावाट विद्युत उत्पादन भएको केन्द्रले जनाएको छ । 
मेलाका क्रममा विभिन्न देशका उद्यमी व्यवसायीहरुसंग आयोजना हुने व्यवसायिक भेटवार्ताबाट नेपाल र ती देश बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तार, व्यापार विस्तार तथा लगानी तथा प्रविधि प्रवद्र्धनमा समेत सघाउ पुग्ने विश्वास महासंघको छ । 

SHARE THIS

Author:

Facebook Comment