रुद्र महायज्ञ शुरु


यजय यादव÷
वीरगंज÷पर्सा जिल्लाको झौवागुठीमा श्री रुद्र महायज्ञ प्रारम्भ भएको गाविसको मधवल गाउँमा अवस्थित राधाकृष्ण मन्दिरको प्राङ्गणमा सो रुद्र माहायज्ञको कलश यात्रा मंगलबार सम्पन्न भएको
                मन्दिर प्राङ्गणबाट शुरु भएको कलश यात्रामा तीन सय को सँख्यामा सहभागी कुमारी कन्याहरु लगायत बाजागाजा, हाती, घोडा विभिन्न सवारी साधनहरुबाट हजारौंको सँख्यामा उपस्थित श्रद्धालु भक्तजन तथा सर्वसाधारणहरुले झौवा गुठी, ईटियाही, प्रसौनी लगायतका गाउँहरु परिक्रमा गरी उत्तर वाहिनीबाट जल लिइ गाउँ परिक्रमा गर्दै पुनः यज्ञ स्थलमा गएर समाप्त भएको थियो
                स्थानियवासीहरुको पूर्ण सक्रियतामा भइरहेको यस महायज्ञमा मौतका कुवाँ, झुलुवा, तथा अन्य खेल तामासा मनोरञ्जनका साधनहरु समेत आएको स्थानियबासीले जनाएका छन्
(क्राइम चेक साप्ताहिकमा २०६९ चैत्र गते प्रकाशित)

SHARE THIS

Author:

Facebook Comment