विदुर शर्मा,
१३ मार्च / दक्षिण कोरिया ....
रोजगारीको लागि दक्षिण कोरिया आएका नेपालीहरुलाई क्यानडा जाने प्रलोभनमा नफस्नको लागि यहाँ स्थित नेपाली दूतावासको कार्यालयले सजग गराएको छ l
कोरियाको नामी इमिग्रेशन (NAMMI EMIGRATION) नामक कम्पनीले क्यानडामा रोजगारी उपलब्ध गराइदिने भनि बिज्ञापन मार्फत आबेदन आव्हान गरेकोमा करिब २०० जना जति नेपालीले आबेदन समेत भरेको जानकारी आएको र नेपाली कामदारले क्यानेडियन डलर १२००० (बाह्र हजार क्यानेडियन डलर) बुझाउनुपर्ने जस्ता हल्लाहरु आएको हुँदा यस्ता हल्लाहरु बाट सजग हुन कोरिया स्थित् नेपाली दूताबासको कार्यालयले यहाँ स्थित सबै नेपालीहरुलाई जानकारी गराएको छ l
नेपाल सरकारको स्वीकृति बेगर नेपाली कामदारलाई तेस्रोमुलुकमा पठाउनु हुँदैन र कसैले पठाउँछु भन्दैमा जानु हुँदैन l यसमा बैधानिकता नहुने, अलपत्र परिने र ठगिने सम्भावना प्रबल हुन्छ भन्दै यी र यस्ता प्रलोभनबाट सतर्क हुनको लागि कोरिया स्थित नेपाली दूताबासको कार्यालयले सूचना सार्बजनिक गरी यहाँ स्थित सबै नेपालीहरुलाई सजग गराएको छ l