पत्रकार कुटिए............


सिरहा, चैत्र ५ - एसएलसी परीक्षाको समाचार संकलनका क्रममा सिरहाको लहानस्थित पशुपति आदर्श उच्च माबि केन्द्रमा पुगेका पत्रकारलाई सशस्त्र प्रहरीका असईले कुटपिट गरेका छन् ।
बिहान करिब सवा ९ बजे परीक्षा केन्द्रको रिपोर्टिङ्का लागि पुगेका कान्तिपुर टेलिभिजनका लहान संवाददाता राजकुमार राउत, राससका मणिलाल विश्वकर्मा, गोरखापत्र दैनिकका सन्तोष सुवेदी, अन्नपूर्ण पोष्टका रामबाबु यादवमाथि सशस्त्र प्रहरी सहायक निरीक्षक जेआर सिंहले कुटपिट गरेका हुन् ।

कुटिएका पत्रकार राजकुमार राउतका अनुसार परीक्षा केन्द्रमा सशस्त्र प्रहरीका एक जवानले भेटेको चिटलाई बाहिर बरण्डामा ल्याएपछि पत्रकारहरुले फोटो खिच्न खोच्दा ‘किन फोटो खिच्न खोजेको’ भन्दै गालीगलौजसहित क्यामेरा खोसेर कुटपिट गरेका हुन् ।
असई सिंहले पत्रकारहरुको तीनवटै क्यामेरा र पत्रकार रामबाबु यादवको एक थान मोवाईल समेत खोसेर आफ्नै नियन्त्रणमा राखेका छन् ।
त्यसैगरी, नेपाल पत्रकार महासंघ सिरहाका उपाध्यक्ष शिवकुमार साह, सचिव जीवछ यादवलाई परीक्षा केन्द्रको गेटमै दुर्व्यवहार गर्दै परीक्षा केन्द्र परिसरसम्म छिर्न असई सिंहले रोक लगाएका थिए ।
पत्रकारहरुमाथि भएको कुटपिट क्यामेरा खोसेको घटनाको नेपाल पत्रकार महसंघ, प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार संघ, नेपाल प्रेस युनियन सिरहाले संयुक्त विज्ञप्तिमार्फत् निन्दा गर्दै असई सिंहलाई कारबाहीको माग गरेका छन् ।

SHARE THIS

Author:

Facebook Comment