नांगै खाना पकाउने चलन


केही महिला तथा पुरूष मिलेर बेलायतमा नांगै खाना पकाउने चलन सुरू गरेका छन् । म्यानचेष्टरका ग्रेटा, जेस, लुक लगायत केहि अन्य पुरूष तथा महिलाहरूले यस्तो चलन सुरू गरेका हुन् ।
उनीहरुको यो कामले अहिले बेलायतमा निकै चर्चा बटुलिरहेको छ । उनीहरुले आफू जस्तै गरी अन्यलाई पनि खाना पकाउन उत्साहित गरिरहेका छन् । उनीहरुले आफूजस्तै गरी नांगै खाना बनाएर ती फोटोहरू पोष्ट गर्न समेत आग्रह गरेका छन् । उनीहरुको यो अभीयानमा अन्य मानिसहरू पनि सामेल भएको बताइएको छ । उनीहरुले सन् २०११ देखि यो काम सुरू गरेका थिए । अहिले उनीहरूलाई यसरी नै नांगै खाना बनाएर फोटो पठाउनेहरू धेरै छन् । उनीहरुले यसका लागि वेवसाइट समेत खोलेको बताइएको छ । एजेन्सी

SHARE THIS

Author:

Facebook Comment