नेकपा-माओवादीसहितका साना दलहरुले चार दलबीच भएको ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ आदेशको प्रति जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ । रत्नपार्कको शान्तिबाटिकामा ११ र २५ बुँदे जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गर्दा सामान्य झडप भएको थियो । प्रहरीले लाठी चार्ज गर्दै प्रदर्शनकारीहरुलाई तितरवितर पार्न खोन्दा तनाव उत्पन्न भएको थियो ।