क्राइमचेक प्रतिनिधि÷
काठमाण्डौ÷संविधानसभाको दोश्रो चुनाव गराउने मूख्य अभिभारासहित सरकार प्रमुख बनाइएका खिलराज रेग्मी आजदेखि विभिन्न कार्यक्रम उद्घाटन गर्ने कार्यमा व्यस्त हुन थालेका छन् । मन्त्रपरिषदका अध्यक्ष खिलराज रेग्मीले लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । बुधबार राजधानीमा २४ औं औद्योगिक प्रदर्शनी एंव उत्कृषट लघु घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष रेग्मीले लगानी मैत्री वातावरण निर्माण र औद्योगिक सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताउनु भएको हो । लघु घरेलु तथा साना उद्यमको बजारमा पहिचान गराउन तथा विकास र प्रवद्र्धनमा सरकारले सक्दो सहयोग गर्ने उहाँले बताउनु भयो । दिगो औद्योगिक विकासका लागि स्थानिय श्रोत साधनलाई परिचालन गरी प्रतिस्पर्धात्मक बजार प्रवद्र्धन गर्न औद्योगिक नीति परिमार्जन गर्न पहल गर्ने पनि उहाँले उल्लेख गर्नुभयो । त्यस्तै अर्थ, उद्योग तथा वाणिज्य मन्त्री शंकर प्रसाद कोइरालाले पनि औद्योगिक सुरक्षाका लागि सरकार सकारात्मक रहेको भन्दै निजी क्षेत्रलाई निराश नहुन आग्रह गर्नुभयो ।
यसरी यसअघिका सरकारप्रमुखहरूले जस्तै चुनावी सरकारका अध्यक्षले पनि यसरी नै कार्यक्रमहरूको उद्घाटन र सभासमारोहमा भाग लिइरहने हो भने आगामी असारमा पनि चुनाव होला भन्नेमा शंका गर्नुपर्ने स्थिति सिर्जना भएको छ ।
क्राइम चेक साप्ताहिकमा २०६९ चैत्र ०८ गते प्रकाशित