विदुर शर्मा÷
दक्षिण कोरिया÷शक्तिशाली राष्ट्रहरु साइबर आक्रमणको मनोसन्त्रासमा परेको बेला दक्षिण कोरियामा बुधबार साइबर आक्रमण भएको आशंका गरिएको छ । यहाँका प्रमुख प्रशारण संस्थाहरु र बैंकका कम्प्युटर नेटवर्क ठप्प भएका छन् । प्रहरी र सरकारी एजेन्सीले साइबर आक्रमणको शंकामा अनुसन्धान गरिरहेका छन् ।
उत्तर कोरियाका वेबसाइटहरु दक्षिण कोरिया र अमेरिकाले गरेको साइबर आक्रमणका कारण बन्द भएको भनी प्योङयाङले लगाएको आरोपको केही दिनपछि यस्तो भएको हो ।
दुई देशबीच अहिले तनाव बढ्दो छ । दक्षिण कोरियाका दुई प्रसारण संस्था केबीसी र एमबीसीले अपराह्न दुई बजे आफूहरुको कम्पनीका सबै कम्प्युटरहरु बन्द भएको बताए। त्यसैगरी वाइटिएन केबल न्युज च्यानलले पनि आफूहरुको आन्तरिक कम्प्युटर नेटवर्क पूरै ठप्प भएको बताएको छ ।
क्राइम चेक साप्ताहिकमा २०६९ चैत्र ०८ गते प्रकाशित