सन्तोष सिंह, सर्लाही, चैत ४, किर्ते नागरिकता बनाएको आरोपमा जिल्ला प्रशासन कार्यालय सर्लाहीका दुई अधिकृतसहित चार कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालयका अधिकृत शिवनारायण लाल कर्ण, छविलाल विश्वकर्मा, सुब्बा प्रमोद यादव र खुटौना गाविसका सचिव हरिशंकर साहलाई नियन्त्रणमा लिइएको हो।
बर्माका नागरिकलाई उनीहरुले नागरिकता दिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुलाई पक्राउ गरी शनिबार साँझ छाडिसकेको प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुलीले बताए। लामो समयको अनुसन्धानबाट प्रहरीले पक्राउ गरी उनीहरूलाई अदालतमा नागरिककता ऐन २१ को उपदफा ३ बमोजिम जेलसजायसहित कारबाहीका लागि पेश गरेको थियो। तर जिल्ला प्रशासन कार्यालयको दबाबमा सरकारी वकिलले उनीहरुलाई नागरिकता ऐन २१ को उपदफा ६ अनुसार विभागीय कारबाही गर्ने भन्दै बचाउ गरेको प्रहरीस्रोतले बतायो।
जिल्ला प्रशासन कार्यालयबाट बीसभन्दा बढी विदेशीले किर्ते नागरिकता लिएका छन्। उनीहरु एमआरपी बनाएर विदेशसमेत गइसकेको प्रहरी अनुसन्धानले देखाएको छ। कर्मचारीले प्रतिनागरिकता पाँच लाखसम्म खर्च गराएर नागरिकताको प्रतिलिपि दिएको प्रहरीस्रोतले जनाएको छ। विदेशीलाई नागरिकता दिलाउन गिरोहले एक करोड रुपैयाँभन्दा बढी संकलन गरेको खुलेको छ।
२०६१ सालमा बर्मेली नागरिक नुरुल मिया र अइउव अन्सारीले खुटौना र पिपरिया गाविसबाट नागरिकता लिएर एमआरपी बनाउने क्रममा प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा किर्ते नागरिकता बनाउने गिरोहको रहस्य खुलेको हो । श्रोत:नागरिक