ठोरीमा बालबालिका केन्द्रित शैक्षिक वाताबरण !

क्राइमचेक प्रतिनिधि/

वीरगंज/पर्साको ठोरी गाविसमा बालाबालिका केन्दि्रत शैक्षिक वातावरण सृजना गर्न अभियान सञ्चालन गर्नुपर्ने आज सम्पन्न भएको गाँउ शिक्षा समितिको बैठकले निर्णय गरेको छ ।

     ठोरीको सरस्वती उच्च माध्यमिक बिद्यालय गौतमनगरमा बुधवार सम्पन्न भएको गाउँ शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठले शैक्षिक वातावरण निर्माणको लागी अनिवार्य र आधारभुत शिक्षा प्राप्तको लागी कोही पनि शिक्षाबाट बञ्चित हुन नपरोस् भन्दै जन चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । आज सम्पन्न भएको बैठकले तत्काल गाउँ शिक्षा योजना तर्जुमा गर्ने, बिद्यालय जानबाट बञ्चित भएका बालबालीकाहरुको तथ्यांक संकलन गर्ने, नियमित बिद्यालय गएका बालबालिकाहरुको तथ्यांक संकलन गर्ने त्यस्तै बिद्यालय जान नपाएका बालबालीकाहरुको समस्या पहिचान गर्ने निर्णय गरेको छ । त्यस्तै शैक्षिक वातावरण निर्माणको लागी ठोरी गाविसमा जनचेतना मुलक सडक नाटक प्रर्दशन गर्ने र शैक्षिक वातावरण निर्माणको लागी सर्वपक्षिय रुपमा प्रतिवद्धता जनाउन लगाउने निर्णय गरेको छ ।

     पर्सा जिल्लाको नौ वटा स्रोत केन्द्र अन्र्तगत रहेर सञ्चालन गरिने कार्यक्रम ठोरी गाविसमा ठोरी स्रोत केन्द्र अन्र्तगत सञ्चालन गर्न लागिएको हो । कार्यक्रम सञ्चालन गरी ५ बर्ष देखि 1५ बर्ष सम्मका बालबालीकाहरुलार्इ बिद्यालय सम्म पुर्याउनको जिल्ला शिक्षा कार्यालय पर्साले 1 लाख 1 हजार रुपैया निकासा गरेको छ । ठोरीमा प्रत्येक वडामा सामुदायिक बिद्यालय रहेका छन् । जसमा दुर्इवटा उच्चमाध्यमिक, एउटा निम्न माध्यमिक र बाँकी प्राथमिक तहका बिद्यालयका सञ्चालनमा रहेका छन् ।  बैठकमा नेपाली कांग्रेसका रामकृष्ण पन्त, नेकपा एमालेका गणश बहादुर बोहोरा, ९ वटा बिद्यालयका प्रधानध्यापक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षा प्रमीको उपस्थिती रहेको थियो ।

SHARE THIS

Author:

Facebook Comment