चार गाँजा तस्कर पक्राउ !

क्राइमचेक प्रतिनिधि/

वीरगंज/प्रहरीले अवैध गाँजा ओसार्दै गरेको अवस्थामा मंगलबार बिहान  एकजनालार्इ पक्राउ गरेको छ ।

 वीरगन्ज नगरको उतरी सीमामा अवस्थित गण्डक अस्थायी प्रहरी पोष्टले १० किलोग्राम अवैध गाँजासहित महोतरीको इटहर्वा गाविस वडा नम्बर १ निवासी ० बषिय अरुण सिंहलार्इ पक्राउ गरेको हो ।

     यसअघि प्रहरीले मिर्जापुर गाविसबाट बिहान तीनवटा मोटरसाइकलमा ढुवानी गरिएको अवैध गाँजासहित तीनजनालार्इ पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पर्साको मिर्जापुर गाविस ९ निवासी सत्येन्द्र कुशवाहा, भारत सीतामढी निवासी रोहित साह तेली र राहुल साह सोनार रहेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।    मिर्जापुर गाविसबाट बीआर २२ के ५३२९ ,बीआर २२ सी ६२०९ नम्वरको मोटरसाइकलमा गाँजा ढुवानी गरेर सीमावर्ती भारततफ जाँदै गरेको अवस्थामा जयमंगलापुर गाविसको वडा नम्बर ३ बाट बिहान प्रहरी चौकी बुढगार्इ र भिष्वा प्रहरी चौकीको संयुक्त गस्ती टोलीले गाँजासहित तस्करलार्इ नियन्त्रणमा लिएको हो ।     बुढगार्इ प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक वीरबहादुर महतो र भिष्वा प्रहरी चौकीका जितेन्द्र चौधरीको संयुक्त  नेतृत्वमा  खटिएको टोलीले गाँजा तस्करलार्इ पक्राउ गरेको प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका तस्करसहित गाँजालार्इ थप कारवाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखिएको छ ।

बढ्दो शीतलहरीले तरार्इको जनजीवन प्रभावित

क्राइमचेक प्रतिनिधि/

वीरगंज/विगत दुर्इ साता तरार्इमा चलेको लगातारको शीतलहरले बाराको सरकारी विद्यालयहरु बन्द हुनुको साथै जनजीवन थप कष्टकर बनेको छ ।     यसरी लगातार शितलहर चल्दा विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीहरुलार्इ चिसोको कारण केही अमानविय क्षती नपुगोस भन्ने उदेश्यले सोमबार देखी यहाको सरकारी विद्यालयहरु बन्द भएका हुन् ।

     विद्यालयको स्थानिय विदा मिलार्इ विधालयको व्यवस्थापन समितिका अध्यक्षसंग निर्णय गराएर बन्द गर्नको लागी भनिएको जिल्ला शिक्षा कार्यालय बाराले जनाएको छ ।चिसो बढेपछि सम्बन्धित विद्यालयका प्रधानध्यापकहरुले चिसोले वातावरण अनुकुल हुनुको साथै विद्यार्थीहरुको मात्रा पनि न्युन देखिएको हुनाले विद्यालय बन्द गर्नका लागि म कहा आएपछि विद्यालय बन्द म गर्न दिदिन बरु स्थानिय विदामा तपार्इहरु मिलाएर बन्द गर्नको लागि भनेको जिल्ला शिक्षा अधिकारी अरुण कोर्इरालाले बताए ।

     जिशिअ कोर्इरालाका अनुसार शितलहर बढेकोले स्थानिय विदा मिलाएर चार/पाच दिन वा एक हप्ता सम्म स्थानिय विदामा कट्टा हुने गरी विद्यालय बन्द गर्नका लागि भनिएको बताए ।

     लगातारको शितलहरले जाडा बढेपछि यहाका जिल्लाबासीहरु अधिकांश समय आगोको घुर तापेर दिन बितार्इरहेका छन ।  चिसोका कारण गार्इ बस्तुलार्इ खानाको आहारको रुपमा घासको समेत समस्या भएको छ ।

     चिसोको कारण बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका छन । चिसोले बालबालिका तथा बृद्धबृद्धामा रुघाखोकी, कोल्ड डायरिया लगायतको रोगहरु देखा पर्न थालेको जिल्ला अस्पताल कलैयाले जनाएको छ । लगातारको शितलहरले दैनिक उपभोग्यको समानको विक्रीमा कमी आएको सदरमुकाम कलैयामा रहेका दास किराना पसलका सञ्चालक हरिओम दासले बताए । दासका अनुसार जाडोको कारण ग्रमिण भेगबाट समान किन्न कलैया आउने ग्राहकहरुको ७५ प्रतिशत कमी आएको उनले बताए ।

SHARE THIS

Author:

Facebook Comment