राज्यले सुरक्षा दिन सकेन !

क्राइमचेक प्रतिनिधि/

वीरगंज/नेपाल पत्रकार महासंघका केन्दि्रय  सदस्य एवम् मध्यमाञ्चल संयोजक महेश दासले पत्रकारको भौतिक र पेशागत सुरक्ष्ाामा राज्य असफल भएको बताउनुभएको छ ।

     नेपाल पत्रकार महासंघ पर्सा शाखाको विरगन्जमा आयोजित वाषिक साधारणसभाको उदघाटन सत्रलार्इ सम्बोधन गर्दै  संयोजक दासले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि विभिन्न ठाउँमा पत्रकारहरु आक्रमणको सिकार हुने गरेकाले पत्रकारको पेशागत र भौतिक सुरक्षााको सवालमा राज्य असफल भएको तर्क गर्नुभयो ।

      उहाँले श्रमवजीवी पत्रकार एेन कार्यान्वनको अवस्था फितलो रहेको भन्दै एेन कार्यान्वयन नगर्ने सन्चार गृहहरुलाइ राज्यले नै कार्वाहीको दायरमा ल्याउनु पर्ने बताउनु भयो । संयोजक दासले श्रमजीवी पत्रकार एेन कार्यान्वयन नगर्ने सन्चार गृहहरुलाइ सरकारी सेवा सुविधाबाट बन्चित गराउन पत्रकार महासंघले सरकारलाइ दबाब दिइरहेको पनि बताउनु भयो ।

     उहाँले न्यूनतम पारिश्रमीक निर्धारण समितिलाइ सन्चार गृहको अनुगमन र श्रमजीवी पत्रकार एेन कार्यान्वयन नगर्ने सन्चार गृहलाइ कार्वाही गर्ने अधिकार दिनु पर्नेमा जोड दिनु भयो ।संयोजक दासले पर्साको पत्रकारीता क्ष्ोत्रमा देखिएको बिकृति हटाउदै सन्चारकर्मीहरुको पेशागत र व्यसायिकताको अवस्थामा सुधार ल्याउन पत्रकार महासंघ पर्साको नेतृत्वलाइ सुझाव समेत दिनु भयो । बरिष्ठ पत्रकार जगदीश शर्माले अहिले सामाजिक  दायित्व निर्वाह गर्ने पत्रकारीताको आवश्यकता रहेको जिकिर गर्नुभयो । कार्यक्रममा सहभागी नेपाली काग्रेस पर्साका सभापति सुरेन्द्र चौधरीले पत्रकारीता सभ्य समाजको दर्पण भएको भन्दै फुटेर नभइ जुटेर कलम चलाउन पर्साका पत्रकारहरुलाइ सुझाव दिनु भयो । सधारणसभाको उद्घाटन सत्रमा प्रहरी वरिष्ठ उपरीक्षक पंकज श्रेष्ठ, प्रहरी उपरीक्षक पिताम्बर अधिकारी, मधेशी जनअधिकार फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादव, सद्भावना पार्टीका जिल्ला अध्यक्ष विपिन यादव, राष्टि्रय मधेश समाजवादी पार्टी पर्साका सहसंयोजक मन्जुर आलम ,नेपाल प्रेस युनियन पर्साका अध्यक्ष  पुरुषोत्तम भट्टरार्इ, प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बञ्जारा ,मेची महाकाली मिडिया सोसार्इटी पर्साका अध्यक्ष श्रीराम रायमाझी, क्रान्तिकारी पत्रकार संघ पर्साका अध्यक्ष प्रताप श्रेष्ठ , क्रान्तिकारी पत्रकार महासंघ पर्साका अध्यक्ष आरके पटेल लगाायतकाले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्घाटन सत्र नेपाल पत्रकार महासंघका अध्यक्ष केसी लामिछानेको सभापतित्वमा सम्पन्न भएको हो ।

यसैबिच साधरणसभाको बन्द सत्रले पत्रकार महासंघ पर्साका सचिव युवराज खडकाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्याम बन्जाराको आर्थिक प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ । साधारणसभामा सहभागी पर्साका पत्रकारहरुले अभूतपुर्व एकता जनाएको अध्यक्ष केसी लामिछानेले बताउनु भयो । बन्दसत्रमा सहभागी पत्रकारहरुबाट आएको सुझावलाइ सम्बोधन गर्दै पत्रकार महासंघ पर्साको नेतृत्वले पत्रकारीतामा निस्कृय , गैर पत्रकार र पत्रकारीताको आडमा अन्य पेशा गरेका पत्रकारहरुको महासंघको साधारण सदस्यता समेत खारेज गर्ने प्रतिबद्धता जनाएको छ ।   साधरणसभाको अवसरमा पत्रकार महासंघ पर्साले आज बिहान वीरगन्जमा प्रभातफेरि गरेको थियो ।

 

SHARE THIS

Author:

Facebook Comment