क्राइमचेक प्रतिनिधि/
वीरगंज/बाराको
अमलेखगंजस्थित आयल निगम अगाडि बस र ट्रक एक आपसमा ठक्कर खाँदा १६ जना घार्इते भएका
छन् । जनकपुरबाट काठमान्डौ
तफ गर्इरहेको ना २ ख ६२३३ नम्बरको बस र बिपरीत दिशाबाट आर्इ रहेको ना ३ ख ८६१८ नम्बरको
ट्रक एक आपसमा ठोकिदा सो दुर्घटना भएको हो । हिजो राति ९ ३० बजेतिर भएको दुर्घटनामा
परि घार्इते हुनेहरुमा धनुषा बगडाहर ९ बस्ने बसका चालक ३० बषिय कृष्ण बहादुर माझी, ट्रक चालक
धादिगं बेनिघाटका ४१ बषिय
रबि थापा, सहचालक जीवन लामा, महोतरी बगनाह १ का धर्मकान्त , धनुषाका
२५ बषिय ताहिर मिँया, रामपुकार दास लगायत १६ जना रहेका छन् । घार्इते भएका
१६ जना मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घार्इते भएका धनुषा १२ बस्ने
२५ बषिय ताहिर मिँया र रामपुकार दासलार्इ थप उपचारका लागि काठमान्डौ रिफर गरिएको छ
। अन्य सबैको बीरगंज स्थित नारायणी
उपक्ष्ँोत्रिय अस्पतालमा उपचार भैरहेका नारायणी उपक्ष्ोत्रिय अस्पताल प्रहरी बिटका
प्रहरी सहायक निरिक्षक प्रदिप चौधरीले जानकारी दिनुभयो ।