क्राइमचेक प्रतिनिधि/वीरगंज/सिमावर्ती
भारतीय शहर रक्सौलमा डाँका समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको समाचार जानकारीमा
आएको छ ।
डाकाँ समुहकै गोलीबाट अन्य तीनजना गम्भीर घाइते भएका
भएका छन् । हातहतियार
सहित लुटपाट गर्न आएका डाँका समुहले मंगवार विहान २ बजे रक्सौलको रतनपुर हर्दिया पञ्चायतमा
रहेको ४ घरमा डाकाजनि
समेत गरेका छन् । डाकासमुहले
हवाइ फाइरीग र बम पड्काउँदै गाउ कब्जामा लिएर रतनपुरका ४ घरबाट
५० लाख भन्दा बढीको धनमाल डाकाजनि गरेर लगेको हो ।
डाँकाको प्रतिकारमा ४५ बषिय नन्दकिशोर
पाण्डेको गोलि लागेर मृत्यु भएको रक्सौल प्रहरीले जनाएको छ । डाका समुहको गोलि तथा
बमको छर्रा लागेर स्थानिय शम्भु पाण्डे, पुनदेव पाण्डे र
दिनानाथ पाण्डे गम्भिर घाइते भएका छन् । घाइतेहरुको डंकन अस्पताल र पटना अस्पतालमा
उपचार भइरहेको रक्सौल स्थित हाम्रा सहकर्मि राजेस केसरीवालले बताउनु भयो । डाका समुहले
गाउमा ५० राउण्ड गोलि फायर गरेको र ५ ओटा बम विस्फोट गराएको प्रत्यक्षदर्शिले जनाएका
छन् । यसै विच घटना भएको १ घण्टा पछि मात्रै प्रहरी पुगेको भन्दै स्थानिय बासिन्दा
आक्रोसित भएका थिए । स्थानिय बासिन्दाले आज दिनभर नेपाल भारत सिमा क्ष्ोत्र गम्हरीया
नाका बन्द गराएका छन् । घटनाको स्थलगत निरिक्षणका लागि आएका मोतिहारीका एसपि गणश कुमारले
पिडित परिवारलार्इ नभेटेको भन्दै स्थानिय बासिन्दा झनै आक्रोसित बनेको हाम्रा सहकर्मिले
जनाएका छन् ।