क्राइमचेक प्रतिनिधि/
वीरगंज/महिलाहिंसा
विरुद्धको १२ दिने अभियान
चलिरहेकै क्रममा १२ जना महिलाको
हत्या भएको सार्वजनिक भएको छ ।
देशी/विदेशी डलर तथा
भत्तालार्इ तारे होटलहरूमा विभिन्न छलफल तथा सेमिनार गोष्ठीको आयोजना गरि मनार्इंदा
सर्वसाधारणमा महिला हिंसा रोक्ने विषयमा व्यापक जानकारी र महिलामाथि हिंसा गरिएपछि
कानुनी कारवाही पनि हुन्छ भन्ने चेतना र भयको कमि कै कारण महिला हिंसा विरुद्धको १२ दिने अभियानकै
क्रममा १२३ जना महिलाहरूको हत्या भएको हो ।
महिला अधिकारको क्ष्ोत्रमा कार्यरत संस्था ओरेक नेपालले
अभिलेख गरेका तथा विभिन्न सञ्चारमाध्यमबाट प्राप्त तथ्याड्ढका आधारमा मंसिर महिनामा
८८ जना महिलाहरूमाथि हिंसा भएको जनाएको छ । ओरेकले सार्वजनिक गरेको तथ्याड्ढक अनुसार मंसिरमा
४९ जना महिलामाथि
घरेलु हिंसा भएको पाइएको छ । जसमा ३९ जना महिलाहरू आफ्नै श्रीमानबाट हिंसामा परेका
छन् भने १० महिला घरपरिवारका सदस्यबाटै हिंसा खप्न बाध्य भएका छन् । २७ जना महिलाहरूमाथि
शारीरिक यातना, ५ जना महिलामाथि बहुविवाह गरी यातना दिइएका, ११ जना
महिलामाथि मानसिक यातना,४ जना महिलालार्इ घरनिकाला गरिएको र २ महिलाले श्रीमान्को यातनाका
कारण आत्महत्या गरेको घटना अभिलेखीकरण गरिएको छ ।