जनक मान डंगोल हेटौडा हाल मलेसिया |
अब आउने पुषको २३ गते दुइ बिस छ टेक्छु ! २०३६ सालको बिधार्थी आन्दोलन देखि हाल सम्मको राजनीति अर्थात पंचायत देखि लोक्तान्त्रिक गणतान्त्रिक नयाँ नेपाल देखियो ! २००४ सालमा नेपाली कांग्रेस जन्मे पछी उसले भन्न सुरु गरेको यो सोषक र सामन्ती भन्ने सब्दमा अझै परिस्कृत गर्दै कम्युनिस्टहरुले समेत त्यहि 'पट्टु गोपी कृष्ण कहो' भनेर रटन थालेको पनी आजको मिति सम्ममा गन्दा ७० बर्ष भयछ ! हिजो पंचायतकालमा सुपर डुपर हिट भाको यो सब्द प्रजातन्त्रको धुकधुकी २०६२/६३ सम्म रहंदा 'हिट' मात्रै थियो ! जुन दिन आफुलाई जनताको मुक्तिकामी भन्ने महान नेता माओको चेला चपेटाले अलकापुरीको राज गद्धी सम्हाले त्यो दिन देखि छुमन्तरको तालमा यो सब्द गायब भो ! के अब नेपालमा कहिँ कतै पनि सोषक र सामन्ती छैनन ता ? ...क्रमस ...
कुरा नं २ !
जनताको भुराभुरीलाइ जेरी र रसबरी जस्तै स्वादमा उकसायर उनीहरुको भाषाको महान क्रान्तिका माहान नेता आजकल प्यारिस डांडा जान छोड्नु भएछ ! किन अध्यक्ष कामरेड पार्टी अपिसमा आउनु हुन्न भनेर पत्रकारले सोध्दा उहाँका बिस्वासपात्र राइट र लेफ्ट ह्याण्डले भन्दा रैछन उहा अतिनै व्यस्त हुनुहुन्छ त्यहि भएर ! प्रधानमन्त्री तथा पार्टीका उपाध्यक्ष आउन पाएनन किन तर उनि त मुलुक हाँकेर बसेका छन कसरि त्यो बयान गर्नु नपर्ला तर दाहाल किन जादैनन ता 'प्यारिस डाँडा' को दर्बारा ? प्रश्नको उत्तर सिधा र सजिलो छ ! पिडित मध्येकै माहा पिडितले जुन दिन 'दाहाल'को गाला चडकाय त्यो दिन उनलाई ज्ञात भो अब त्यता गइयो भने झापड मात्रै हैन सहिद बन्न बेर छैन ! बहिर्गमित 'तातो पिडालु' हरु तम्बु गाडेर बसेका छन ! घाइते बाघ त डेन्जर हुन्छ र तिनीहरुलाई घाइते बनाएको अरुले नभएर आफैले हो ! त्यहि भएर आजकल दाहालले पार्टीको सबै काम कि रिसोट मा कि स्टार होटेलमा बसेर गर्न थालेका छन ! कतिन्जेल सम्म आफ्नालाई धोका दिन्छौ ? भोलि ति ९/१० हजारको घाइते बाघले लाजिम्पाटमा आएर आक्रमण गरे भने त्यतिखेर के हाल हुन्छ ? धेरै दुस्ट नेताहरुको पतन आफ्ना बाटै भाको छ त्यसैले त्यो दिन आएछ भने १ जना नेपाली ले तिमीहरुलाई कठै भन्ने छैनन !