क्राइमचेक प्रतिनिधि/वीरगंज/
बर्दियाकी १६ बषिय
सिवा हासमीको हत्या भएको घटना सेलाउन नपाउदै बारामा एक किशोरीको जलाएर हत्या गरिएको
समाचार जानकारीमा आएको छ । प्राप्त
जानकारी अनुसार प्रस्टोका ५ का रामा ठाकुरकी १७ बष्रीया छोरी बिन्दु ठाकुरको शव बुधवार
बिहान जलाएर हत्या गरिएको अवस्थामा फेला परेको हो । ट्युसन पढ्न घरबाट
निस्किएकी बिन्दुको शब बुधवार बिहान घर नजिकै फेला परेको हो । कक्षा १० मा अध्ययनरत
उनी बिहान ४ बजे ट्युसन पढ्न हिंडेकी
थिइन । बिन्दुका बुवा रामाले बिहान सौच गरि हात मुख धोएर फर्कीएकी छोरीको शव पछि जलाएर
हत्या गरिएको अवस्था फेला परेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यलय बाराको महिला शेल प्रमुख दिपिका
ओझाले बाबु रामालार्इ नियन्त्रणम लिर्इ अनुसन्धान भैइरहेकेा जानकारी दिनुभयो । प्रहरीले
घर र गाउँलार्इ पनि निगरानीमा राखेको छ । तर प्रहरीको अनुसन्धानका क्रममा शव भेटिएको
स्थानमा जलेको कुनै प्रमाण नपरेको जनाइएको भएपनि अनुसन्धान जारी रहेको बारा प्रहरीले
जनाएको छ ।
अन्त कतै जलाएर हत्यागरी त्यहाँ ल्याएर फालेकेा हुनसक्ने
प्रहरीको आशंका रहेको छ ।