पत्रकारको पिडा !

(बर्ष ५ अंक १९ मिति २०६९ मंगसिर २८ गते बिहिबार प्रकाशित)
-जनक मान डंगोल !


मेरा एकजना मित्र पत्रकार छन ! पहिला अर्कैका पत्रिकामा
सम्बाददाताको काम गर्थे ! पछी आफैले लगानी गरेर पत्रिका खोलेछन ! भेटघाट भलाकुसारी सन्चो बिसन्चोको आदान प्रदान भो ! कस्तो चल्दैछ कामधन्दा भनेर सोधे ! मनमा पिडा लुकाएर नक्कली ओठे मुस्कानको साथ ठिकै छ भने ! मुहार पनि मलिन मलिन छ के हो भन्दा हैन ठिकै छ त्यस्तो केहि पनि हैन छैन ! साथि पत्रकार सारै हक्की तथा निडर ! पत्रकारमा हुनुपर्ने गुण तथा कला सबैमा भरिपूर्ण ! निडर भएर सत्य कुरा लेख्थे त्यो लेखे बापत पुरस्कारस्वरूप धाक, धम्कि, गालि गलोज तथा ज्यानै लिने सम्मको धम्की र खप्की खान्थे ! कुरै कुरामा साथीले भने मेरो पत्रिका त अब केहि अंक निक्ले पछी बन्द हुन्छ कि जस्तो छ भन्दा म छक्क परे र भने किन ? साथीले भने धेरै कारणहरु छ ! मैले सोधे पत्रिका बिकेन ? उनले भने पत्रिकाको बिक्रि राम्रो छ, दिनानुदिन माग पनि बढेको छ ! त्यसो भए किन पत्रिका बन्द गर्नु पर्ने स्थिति आइपर्यो त ? अब भने साथीले खुलस्त हुदै भने पत्रिकाको बिक्रीले मात्रै पत्रिका चलाउन सकिदैन ! म एक्लैले पत्रिका निकालेको छु ! कुनै कामदार राखेको छैन ! २४ घन्टामा कुनै दिन त १८ देखि २० घण्टा सम्म खट्नु पर्छ तर पनि नसक्ने भए ! अस्ति दसैँ तिहार को विज्ञापनले जेनतेन ३ अंक निस्केला ! कारण के हो खुलस्त भन्नुस त मित्र ! उनले भने पत्रिका पसलमा पठायो बिक्रीको आधा उसैलाई दिनु पर्छ ! आधा  पाउने मैले हो त्यो छपाई लाइ पनि धौ धौ हुन्छ ! अफिस, मसलन्द, बत्ति, टेलिफोन. इन्टरनेट लाइ धान्ने भनेको बिज्ञापन बाट हो ! अस्ति बिज्ञापन लिन गाको अचम्मको घटना घट्यो बिना बिज्ञापन बैरंग फर्किए ! के भो र त्यस्तो ? एक जना व्यापारीका गाको थिए ! उसले अचम्मको कुरा गर्यो जिल्ल परे अनि फर्किए ! कस्तो कुरा उत्सुकताका हुदै मैले सोधे ! साथीले भन्यो ‘म पत्रकार हु तपाइको फर्मको नाउ बाट बिज्ञापन छाप्नु पर्यो भने ! व्यापारीले भन्यो मेरो फर्मको नाउ बाट बिज्ञापन छाप्नु पर्दैन ! नछाप्नुस बरु हजार पाचसय त्यसै लिएर जानुस भने ! मैले भने बिना बिज्ञापन कसरि मैले तपाइको पैसा लिन सक्छु भन्दा व्यापारीले भन्यो ‘हाम्रो सहरमा पत्रकार कति छ ? मैले भने होला २/३ सय ! अनि कति पत्रिका नियमित निस्कन्छ ? मैले भने दैनिक, शाप्ताहिक अनि अनलाइन समेत गरेर गरेर १०० जति निस्कन्छ ! व्यापारीले भन्यो कम्तिमा सय जनालाई एक हजारले दिंदा महिनामा कति भयो ? मैले भने एकलाख हुन्छ ! व्यापारीले भन्यो हेर्नुस पत्रकारजी तपाइले आर्थिक पिडा र समस्या भोग्नु भाको छ त्यो भन्दा सयौ गुणा पिडा हामि भोग्दैछु ! पत्रकार बिज्ञापन माग्न आउछन ! १०० भन्दा दल तथा तिनका भात्री संस्था लाइ चन्दा अनि सामाजिक कार्य भन्दै अरु संस्था लाइ चन्दा सहयोग ! त्यो सबै हिसाब गर्दा महिनामा ५ लाखले धान्न गारो ! फेरी लोड सेडिंग, बन्द हड्तालले गर्दा ब्यापार मन्दी छ ! हामि व्यापारीलाई काला बजारी गर्यो भनेर तपाइँ पत्रकारले नै छाप्नु हुन्छ भने अब तपाइँ भन्नुस के कसको कारणले गर्दा यस्तो भो त ? हेर्नुस पत्रकारज्यु अस्ति पंचायतकालमा हामि हरु पत्रकारलाई लौ न पत्रकारजी मेरो बिज्ञापन छापी दिनुस भनेर क्यु सिस्टममा बस्नु पर्थ्यो ! पत्र पत्रिका ठिक्क थियो ! कुनै पार्टीलाई संस्थालाइ चन्दा दिनु पर्दैनथ्यो भने २०४६ साल पछी ता हामि व्यापारीहरु हाय तौबा भाको छम ! लौ भन्नुस अब हामीले कसरि काहा बाट ल्याएर बाड्ने ? हामि धन कुबेर ता पक्कै हैन होला ! हामीहरु नचाहदा नचाहदै पनि बाध्य भएर कहिलेकाही अनैतिक काम गर्न बाध्य छौ ! कसले गरेर यस्तो भाको त लौ अब तपाई आफै भन्नुस त पत्रकारजी ! त्यसैले दस औला जोडी बिन्ति गर्छु हजार को ठाउँमा दुइ हजार लिनुस ! मलाई थाहा छ तपाइको पत्रिका मार्केटमा राम्रो छ ! तर मेरो बिज्ञापन नछाप्नुस ! म जिल्ल परे ! हैन भनु भने सत्य कुरा ओकलेका छन ! वास्तविकता घाम जस्तै छर्लंग पारेका छन ! अनि मैले भने हेर्नुस सेठजी म त्यति तल गिरि सकेको परिन ! बिना श्रमको ज्याला लिने मेरो बानि छैन ! ठिकै छ सत्य कुरा बताउनु भएकोमा धन्यवाद भने अनि फर्किए ! ल अब तपाइँ नै भन्नुस मित्र मैले अब मेरो पत्रिका कसरि निकाल्ने ? सधै भरि घरमा गएर बुवालाई भन्न अब म आफै लाइ लाज लागि सक्यो ! चाहेर पनि म यो पेसा छोड्न सक्दिन ! यत्रो बर्ष यहि पेशामा निष्ठापुर्बक लागियो ! पाठक, सुभेच्छुकको असिम माया पाएको छु तर भोको  पेटमा कतिन्जेल सारंगी बजाउने ! आज यतिखेर मेरो लागो यो पेशा निल्नु न ओकल्नु जस्तो तातो पिडालु भाको छ !त्यसैले तितो सत्य र यथार्थ कुरा यहि हो ! पत्रकार साथीको कुरा सुनेर म आफै छक्क मात्र हैन माहा छक्क परे ! सत्य र साँचो लेख्न अनि सिधा बाटोमा हिड्नु त यो नया लोकतान्त्रिक, गणतान्त्रिक तथा नया भनिएको ब्यबस्थामा बडो कठिन पो रैछ !  



SHARE THIS

Author:

Facebook Comment