"म नेपाल प्रहरीको विश्वास गर्दिन"
क्राइमचेक प्रतिनिधि/वीरगंज/
ने.क.पा.एमालेका
वरिष्ठ नेता क.माधव कुमार नेपालले
"मलार्इ नेपाल प्रहरीको विश्वास छैन त्यसैले अबको निर्वाचन सेना लगाएर गराउनु पर्दछ" भनेर मंगलवार
राजधानीमा आयोजित एक कार्यक्रममा भनेछन् ।
देशको एउटा जिम्मेवार
पार्टीको जिम्मेवार राजनेताले देशको सुरक्षा निकायबारे बोल्ने शब्द के यस्तै हुन्छ क.माकुने ज्यू
? नेपाल प्रहरीलार्इ आजको स्थितिमा ल्यार्इ पुर्याएको कसले
? तपाइले यस्तो बोल्दा नेपाल प्रहरीका इमान्दार तथा बफादार प्रहरीको मनोबलमा कस्तो असर पुग्छ ? तपाइंकै
पार्टीको नेता हैनन् बामदेब गौतम
? तिनले नेपाल प्रहरी भित्र कस्तो नाङ्गो नाच देखाए त्यो सबै बिर्सिनुभयो ? नेपाल प्रहरीलार्इ
के वेश्या आइमार्इ ठान्नु भएको छ ? के राजनीतिक
पार्टीका नेताहरूको फुटबल हो नेपाल प्रहरी ?
त्यसैले
बोल्नु भन्दा पहिला सोचेर र सम्झेर बोल्नुहोस् । नेपाल प्रहरी मात्रै हैन सबै राष्ट्र
सेवक कर्मचारी माथि यसरी जथाभावी बोल्नु भयो भने तपाइँ मात्रै हैन तपाइको सिंगो पार्टीलार्इ नै असर पर्ला । तपार्इका पार्टीका के.पी.ओली लार्इ अहिले पनि नेपाल प्रहरीका
सबै तप्काका अफिसर तथा जवानले इज्जत गर्छन्, किन
? किनभने तपार्इं र बामदेब जस्ता पटमूर्ख उनी थिएनन् र छैनन् पनि ।
छिमेकीको
इशारामा च्याम्पटी बन्ने तपाइँ जस्तै राजनेताहरूको कारणले गर्दा नै मुलुक आजको यो स्थितिमा आइपुगेको हो । त्यसैले मगजमा अलिकति पनि बुद्धि छ भने मैले गल्ति बोलें भनेर आत्मलोचना गर्नुस् यसैमा तपाइँ र तपाइको पार्टीको भलो होला । त्यसैले बेलैमा चेतना भया ।
"क्राइम चेक" अब संसारको सबै ठाउँमा
क्राइमचेक प्रतिनिधी/
वीरगंज/पर्साको वीरगंजबाट पाँच वर्ष अगाडी अर्थात् वि.सं. २०६५ साउनको पहिलो हप्तादेखि
प्रकाशन प्रारम्भ गरिएको क्राइमचेक साप्ताहिक अब संसारको जुनसुकै स्थानबाट हेर्न सकिने भएको छ ।
मुलुकमा व्याप्त सामाजिक अपराध, राजश्व अपराध,
राजनीतिक अपराधजस्ता संगीन अपराधहरूको अनुसन्धानात्मक, रोचक लेख/रचना तथा समाचारका
सामग्रीहरू प्रकाशित गर्दै आएको यस साप्ताहिक पत्रिकामा प्रकाशित हरेक समाचार/सामग्रीहरू
एवं र्इ–पेपर माफत जस्ताको त्यस्तै अब विश्वको जुनसुकै स्थानमा बसेर लग अन गरी हेर्न सकिने भएको हो ।
हालै आफ्नै वेभसार्इटको
शुरुवात गरिएको क्राइम चेकको लिंकमा आगामी केहि दिनसम्म साप्ताहिक खबरहरू राखिने भएपनि पुसको तेश्रो हप्तादेखि दैनिक खबरहरू पनि अपलोड गरिने छ ।
क्राइमचेकलार्इ बेवसार्इटमाफत हेर्न चाहने जोसुकैले पनि www.crimechecknews.com लग अन गरेर संसारको
जुनसुकै कुनाबाट एकसाथ हेर्न सक्नु हुनेछ ।
बाराको पत्रकारिता कतातिर ?
क्राइमचेक प्रतिनिधि/
वीरगंज/गएको एक हप्ता बाराको सञ्चारजगत र नेपाल पत्रकार महासंघ निकै चर्चामा रह्यो । चर्चाको
मूख्य कारण कुनै खास उद्देश्य र पत्रकारिताको धर्म निर्वाह गरिएको कारण नभर्इ व्यक्तिगत स्वार्थको पूर्ति नहुँदा लगाइएको गलत आरोप र त्यसकै आधारमा घोषणा गरिएको आन्दोलनले हो ।
हुन त सिंगो नेपाल पत्रकार
महासंघले नै मिसन पत्रकारितलार्इ छोडेर व्यवसायिक पत्रकारिताको नारा लगार्इ त्यसै अनुरुप अगाडी बढिरहेको छ । समाज र राष्ट्रको वास्तविक कुरिती, विकृति,
अन्याय, अत्याचार, अनियमितता
अन्त्यकोलागि कलम चलाउनुको सट्टा अहिले राजनीतिक दलहरूको मूख पत्र र प्रवक्ता बनेर व्यवसायिक पत्रकारिताको परिभाषालार्इ बारा जिल्ला मात्र नभर्इ सिंगो नेपाल अधिराज्यकै महासंघ सदस्यहरू लागिपरेका छन् ।
आफ्नो व्यक्तिगत
स्वार्थ पूर्ति नहुँदा कुनै व्यक्ति विशेष वा संस्थाविरुद्ध समाचार सम्प्रेषण गरेर बार्गेनिङ अर्थात् मोलमोलार्इ गर्नु नै पत्रकार महासंघको व्यवसायिकताको सूत्र बनेको छ ।
यसैबीच बाराका प्रहरी उपरीक्षकले
गत हप्ता अर्थात मंसिर महिनाको अन्तिम साता बाराका प्रजिअ कृष्णहरि पुस्करको कार्यकक्षमा धम्की दिएको आरोप लगाउँदै विभिन्न चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
हुन त जुनसुकै
निकाय वा पेशासँग आवद्ध भएपनि त्यसमा कार्यरत कुनै व्यक्ति वा संस्थामाथि कुनै किसिमको घटना भएको छ, चाहे त्यो जुनसुकै
प्रकृतिको किन नहोस्, त्यसको छानबिन नगरी कसैलार्इ
दोषी भन्न मिल्दैन तर बारा पत्रकार महासंघले आफ्नो सदस्य तथा कान्तिपुर टेलिभिजनका बारा संवाददाता उपेन्द्र ठाकुरले "मलार्इ एस.पी.ले ज्यानमार्ने
धम्की दियो" भनेकै आधारमा आन्दोलनको कार्यक्रम घोषणा गरी चरणवद्ध आन्दोलनमा उत्रनु लज्जाजनक विषय भएको प्रवुद्धवर्गहरूको भनार्इ रहिआएको छ ।
बाराका प्रहरी उपरीक्षक
दानसिंह बोहरा प्रहरीको जिल्ला प्रमुखको हैसियत रहि कार्य गर्दै आएको १४ महिने कार्यकालमा कुनै पनि त्यस्तो घटना नसुनेका स्वयं बारा जिल्लावासीहरूले एकाएक बारा प्रहरीका प्रमुखले पत्रकारालार्इ ज्यान मार्ने धम्की दियो भन्ने शीर्षकको समाचारबाट आश्चर्यचकीत भर्इ तीन छक्क परेका छन् ।
आफ्नो १४ महिने कार्यकालमा
जिल्लामा भएका शान्ति सुरक्षाको प्रत्याभूति, तस्करी नियन्त्रण,
मातहतका प्रहरीहरूमा देखिएको कमिकमजोरीपछिका आचरण सुधार लगायतका कृयाकलाप कसैसँग लुकेको विषय नरहेको समयमा प्रहरी प्रमुखमाथि यस्तो आरोप लगार्इनु पक्कै पनि रहष्यमय विषय बनेको छ ।
बाराका मात्र नभर्इ पत्रकार
महासंघसँग आवद्ध देशभरिका विभिन्न सञ्चारकर्मीहरूले भनिएको र सुनिएको भरमा समाचार सम्प्रेषण गर्नु र महासंघजस्तो छाता संगठनले आन्तरिक छानबिन नै नगरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरी आन्दोलनमा उत्रनु हास्यास्पद विष्ाय बन्नु स्वाभाविक हो ।
यसैबीच धम्कीको
आरोप लगार्इ नेपाल प्रहरीविरुद्ध उत्रिएको नेपाल पत्रकार महासंघको आन्दोलनले जनमानसमा गलत सन्देश प्रवाह भइरहेको देखेर वार्तामाफत समस्या समाधान गर्ने उद्देश्यले मध्यमाञ्चल क्ष्ोत्रीय प्रहरी कार्यालयका प्रमुख अर्थात् प्रहरी नायब महानिरीक्षक यादव अधिकारी, राष्टि्रय
अनुसन्धान विभागका मध्यमाञ्चल क्ष्ोत्रीय निर्देशक देवराज भट्ट, नारायणी
अंचल प्रहरी कार्यालय वीरगंजका प्रमुख पंकज श्रेष्ठ, बाराका प्रुख जिल्ला अधिकारी
कृष्णहरि पुष्कर, बाराका प्रहरी प्रमुख दानसिंह
बोहरा, तथा पत्रकार महासंघको तफबाट केन्दि्रय सदस्य प्रताप विष्ट, मध्यमाञ्चल
संयोजक महेश दास तथा बाराका स्थानीय सञ्चारकर्मीहरूको रोहबरमा भएको वार्तामा प्रहरी वरिष्ठ उपरीक्षक पंकज श्रेष्ठले माफी माग्ने जनाएपछि पत्रकार महासंघ बारा शाखाले प्रहरी उपरीक्षक बोहरामाथि आरोप लगार्इ शुरु गरेका चरणवद्ध आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिइएको छ ।
यसरी एकतर्फी
रुपमा कसैमाथि लाञ्छना एवं आरोप लगार्इ आन्दोलनमा उत्रिएको पत्रकार महासंघको कार्यले बारा जिल्लाको पत्रकारिता कुनदिशातफ गर्इरहेको छ ? भन्नेमा
सर्वसाधारण जनताहरू जवाफको खोजीमा छन् ।
राप्रपा नेपालको रथ यात्रा गौरमा–लाखौं जनसाधारणको सहभागिता
क्राइमचेक प्रतिनिधि/वीरगंज/नेपाललार्इ हिन्दूहरूको चाहना र र्इच्छा विपरित गरिएको धर्म निरपेक्षता खारेज गरी पुन: हिन्दु राष्ट्र
कायम गर्नुपर्ने माग सहित राष्टि्रय प्रजातन्त्र पार्टी नेपालले प्रारम्भ गरेको रथयात्रा बुधवार रौतहट जिल्लाको सदरमुकाम गौर आएपछि स्थानीय लाखौं जनताहरूले हिन्दू राज्यको माग गर्दै नारावाजी गरेका थिए ।
गौरको विपिचौकमा
आयोजना गरिएको कार्यक्रममा सहभागी स्थानीय लाखौं जनसमुदायलार्इ सम्बोधन गर्नुहुँदै राप्रपा नेपालका केन्दि्रय अध्यक्ष कमल थापाले नेपाललार्इ हिन्दू राष्ट्र कायम नगरिएसम्म आफूहरूको संघर्ष जारी रहने बताएपछि त्यहाँ उपस्थित जनसमुदायले समर्थनमा ताली बजाउँदा त्यहाँको वातावरण हिन्दुमय बनेको थियो ।
सम्बोधनको
क्रममा थापाले हिन्दू राष्ट्र कायम नहुन्जेल सडकदेखि सदनसम्म सङ्घर्ष गरिरहने
बताउनुभएको थियो ।
सो अवसरमा सहभागी जन समुदायले
गौहत्या बन्द गर, भ्रष्टाचार
निर्मूल गर, हिन्दू राष्ट्र कायम गर, जातीय छुवाछुत
व्यवहारमा अन्त्य गर, बालविवाह
र बहुविवाह बन्द गर जस्ता माग समेटिएको एघारबुँदे घोषणपत्र सार्वजनिक गरिएको थियो ।लुम्बिनी–विन्दवासिनी–पशुपतिनाथ रथ यात्रा बिहीवार बारा जिल्ला आइपुग्ने राप्रपा नेपालले जनाएको छ । बारा पछि पर्साको बिन्दवासिनी मन्दिरमा पनि आउने रथयात्रामा सहभागिताकोलागि पर्सा जिल्लाका लाखौं जनताहरू तयार भएर बसेको पाइएको छ ।
दुर्इ भारतीय गाँजा तस्कर नियन्त्रणमा
क्राइमचेक प्रतिनिधि/वीरगंज/
अवैध लागु आैषध गाँजा ओसार–पसार कार्यमा
संलग्न दुर्इजना भारतीय गाँजा तस्करलार्इ पर्सा प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको समाचार प्राप्त हुन आएको छ ।
जिल्ला प्रहरी कार्यालय
पर्साले दिएको जानकारी अनुसार भारत विहार मोतिहारी जिल्लाको सतगछिया वृज यादव र सुरेन्द्र यादवलार्इ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय
पर्साले दिएको जानकारी अनुसार ती दुबैजनालार्इ मंगलवार राती पर्साको सबैठवा गाविस क्ष्ोत्रबाट भारततफ लुकार्इ छपार्इ लगिरहेको प्रतिवन्धि लागुआैषध गाँजासहित सबैठवा प्रहरी चौकीको गस्ती टोलीले पक्राउ गरेको थियो ।
प्रहरीको आगोले सर्वसाधारणलार्इ राहत
क्राइमचेक प्रतिनिधि/वीरगंज/
विगत एकहप्तादेखि बढेको बाक्लो हुस्सु र कठ्यांगि्रदो
जाडोका कारण मध्य तरार्इको जनजीजन कष्टकर बन्दै गएको छ ।
मध्य तरार्इको
बारा, पर्सा रौतहटलगायतका जिल्लामा घाम लाग्न सकेको छैन भने चिसो हावा, शितलहरी
र बाक्लो हुस्सुका कारण यस क्ष्ोत्रका बासिन्दाहरू नराम्रोसँग प्रभावित भएका हुन । कठ्यांगि्रदो
जाडोका कारण खासगरी व ृद्ध र बालबालिका बढी प्रभावित भएको बतार्इन्छ । चिसोबाट प्रभावित भएर जिल्लाकार सरकारी कार्यालयहरूमा समेत सेवाग्रही सर्वसाधारणको चाप घटेको छ भने अस्पताल तथा डाक्टरका नीजि क्लिकिहरूमा जाडोका विरामीहरूको चाप बढेको छ ।
यसैबीच जाडोबाट
सर्वसाधारण जनताहरू प्रभावित हुन थालेपछि पर्सा प्रहरीले वीरगंजको विभिन्न स्थानमा दाउराबाली आगो ताप्ने व्यवस्था गरेको छ ।
जिल्ला प्रहरी कार्यालय
पर्साका प्रहरी निरीक्षक रिका घिमिरेको नेतृत्वमा खटिएको प्रहरी टोलीले नगरको मूख्य चोकहरू घण्टाघर, पावर हाउस चोक र बसपार्कमा
बुधवार विहानदेखि दाउरा बालेर आगो तप्ने प्रबन्ध मिलाएको थियो । यसैबीच वीरगंज उप–महानगरपालिकाले पनि नगरका केही स्थानमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाएको जनार्इको छ ।