चैतेहरुको जगजगी !

(बर्ष ५ अंक १९ मिति २०६९ मंगसिर २८ गते बिहिबार प्रकाशित)

आठ ठाउँमा बांगीएको चिज लाइ अस्टबक्र भनिन्छ ! त्यसै प्रसंगमा एक दिन अकबर बादशाहले सबै भाइ भारदारहरु जम्मा पारेर अस्टबक्र टाइपको रुख लाइ देखाउदै भनेछ ‘हेरत सबैले त्यो रुख आहा क्या सिधा हगी ! सिमल को रुख जस्तै सर्लक्क परेको छ हैनत’ ? सबै भाइ भारदारहरूले एकै लयमा भनेछन ‘हो सरकार हजुरले सहि कुरा फ़र्माइबक्स्यो’ ! सबैले यस्तो भन्दा खेरि बीरबल मन्त्री चैँ था नपाको जस्तो गरि बसेछन ! अनि अकबर बादशाहले भनेछन के हो बीरबल तिमीले ता केहि पनि जवाफ दिएनौ ! मैले सोधेको प्रश्न सुनेनौ कि क्या हो ? ल भन त्यो रुख बाङ्गो छ कि सिधा ? अनि बल्ल बीरबलले जवाफ दिंदै भनेछन ‘खै सरकार मेरो गर्धन चिलाको हो कि हजुरको आँखा फुटेको हो म ता त्यो रुखलाइ ‘अस्टबक्र’ अर्थात आठ ठाउँमा बांगीएकोनै देख्छु’ ! सबै भारदारले बीरबलको खिसी उडाउदै भनेछ बादशाहको कुरा काट्ने ! अनि बादशाहले भनेछन तिमीहरु सबै गलत छौ र बीरबल सहि छन !

नेपालको राजनीतिमा पनि अहिले यतिखेर यस्तै भएको छ ! आफ्नो पार्टीको ठुला नेताले भनेको जस्तै पनि ठिक र सहि हो ! त्यसमा कसैले सवाल जवाफ र बिरोध गर्ने ठाउँनै छैन र गर्न दिदैनन पनि ! गरोस पनि कसरि सबै सिधा लाइ बाङ्गो देख्नेका जमातले भरिपूर्ण छ ! यो त गलत हो भनेर कसैले भन्दैनन ! अकबर बादशाहको भारदारी जस्ताले भरिपूर्ण भएको छ यतिखेर सबै राजनतिक पार्टी तथा दलहरु ! तिनका पार्टी तथा दल प्रमुखले जेबोले पनि जे गरे पनि त्यो सहि हो र कसैले पनि यो सहि हो र यो गलत हो भनेर भन्न सक्दैनन ! भनुन पनि कसरि सबैलाइ चाहिएको सत्ता र भत्ता हो ! बिरोध गरे भने त्यो बिपक्षी भै हाल्छ अझ त्यतिले नपुगेर लौ प्रतिक्रियावादी संग मिलेर देश र पार्टीलाई नै खत्तम बनाउन लाग्यो भनेर त्यो सत्य बोल्नेको दोहोलो काढिन्छ ! त्यस्ता दोहोलो काढीएका धेरै नेता छन जो आजकल निस्क्रिय भै बसेका छन ! चाहे त्यो प्रजातन्त्रको दुहाइ दिने कांग्रेस पार्टी होस वा जनताको पार्टी भन्न रुचाउने एमाले पार्टी होस ! जीवनभर पार्टीका लागि लडेका ति त्यागि र निष्ठावान कार्यकर्तालाई पाखा लगाउंदै उनीहरुकै भाषामा भन्ने हो भने ‘चैते’ हरुले अहिले सबै ठुला पार्टीमा जरा गाडेका छन ! ति चैतेहरु अस्ति पंचायतकालमा हिजो प्रजातन्त्र अनि आज गणतन्त्रकालमा सबै बेला र समयमा फिट छन ! सियो बनेर पसे अहिले फाली बनेर तमासा देखाइरहेका छन ! चाहेर पनि ति चैतेहरुलाई नेतृत्वबर्गका ति पुराना नेताले केहि गर्न सक्दैनन ! किन सक्दैनन भने ति टाउके नेताहरुले पार्टीको लागि भन्दै सुटकेस संग अस्मिता बेचि सकेका छन ! देश र पार्टी मात्र हैन सबैमा आज इने ‘चैते’ हरुको हालीमुहाली छ भने कसरि देशले निकास पाउछ ? चुनावमा जान नखोज्नु पनि त्यसैको कारण हो ! चुनाउ मा जाना साथ अहिलेका सबै ठुला दलहरु परास्त हुन्छन ! जनताको नजरमा गिरिसकेका लाइ जनताले भोट दिएर जिताउने प्रश्ननै उठ्दैन भने जबसम्म पार्टी नेतृत्वले यस्ता हरुलाइ पाखा लाउदैनन तब सम्म देशले कुनै नया निकास लिन सक्दैनन ! यस्ता चैतेहरु लाइ पाखा लगाउने छ हिम्मत पार्टीका ठुला नेताहरुको ? छ भने आँट गरेर दुध बाट झिंगा फ्याके जस्तै गरि फ्याकेर चुनावको घोषणा गरेर मत माग्न आउनु ! यदि छैन भने अब हुने नया निर्वाचनमा कसलाई भोट दिने कसलाई नदिने भनेर दुधको दुध पानीको पानि जस्तै छर्लंग हुन्छ !   

 

SHARE THIS

Author:

Facebook Comment