राष्ट्रबादी भएको खुलेर स्विकार गरे पुग्छ

स्वयम्भुनाथ कार्की
विराटनगर १
२०७२।११।२६
नेपालमा एक यस्तो समय पनि आयो जुन वेलामा राष्ट्रवादी भएको स्विकार गर्नेहरुलाई प्रताडित गरियो । ४६सालदेखि कहिल्यै राजनैतिक स्थिरता देख्न भोग्न नपाएको नेपालले झण्डै पञ्चायतले भोग गरेको समय जति पुरा गरिसकेको छ । ‘राष्ट्रवाद’ , ‘विकेन्दीकरण’, ‘साझा’ आदि शव्दहरु पञ्चायतले अपनाएकोले केहीलाई अपच भएको थियो । पञ्चायतको रक्षकवच सरह भएर रहेको राष्ट्रवाद प्रति बिषेश चिढ हुनु स्वभाविक नै थियो । पञ्चायत ढालीसकेपछि सबै संरचनाको मुलभूत आधार कायम राखेर नाम मात्र परिवर्तन गरेर उपयोग गरे सरह सबै शव्द परिवर्तन गर्ने प्रयत्न भयो ।


जनताको शोषण गरेको आरोपमा इटहराको साझा संस्थामा आक्रमण गरेर मदन भण्डारी चर्चामा आएको कुरा ताजै जस्तो छ । त्यसैले साझाको स्थानमा सहकारी शव्द प्रयोग गर्नु पर्ने विवशता थियो । जनमत संग्रहकालमा पञ्चायतको नराम्रा दशअवतारको गीतमा विकेन्दीकरण पनि परेकोले परिमार्जनको रुपमा जल जमिन, जंगलमा अधिकार प्रयोग गरियो । तर राष्ट्रवादको स्थानमा प्रयोग गरिएका अन्य शव्दहरु जनताको मनमा बस्न सकेनन । त्यसैले राष्ट्रवाद भन्न्नलाई प्रताडित गर्ने बाटो अपनाईयो , त पनि हल्लाउन नसकेर अन्धो वा उदार जस्ता विशेषण राष्ट्रवादको अगाडी जोडियो ।

अहिले नया“ नेपाल संस्थागत गरिसकिए पछि पञ्चायल संगै विसर्जन गर्न खोजिएका यी शव्दहरु र तिनमा अन्तरनिहित भावनाहरुको अझ आवश्यकता परेको छ । जनस्तरमा महसुश गरिएको आवश्यकता आत्मादेखिको सोच हो । तर राजनैतिककर्मीहरुले महसुश गरेको आवश्यकता भने सत्तबको निमित्त खोजिएको टेको मात्र हो । यी शव्दहरु बार्न थालिसकेपछि जन्मेको वा हुर्केको पिंढी आज यी शव्दहरु भावना सहित खोज्दैछ । यो युवा पिंढी यसको निमित्त बेचैन छ । तर दुखःको कुरा यो छ कि युवाहरुको यो चाहानालाई तीनिहरुको कमजोरी बनाएर यीनै कुराको नाममा शोषण गर्नेहरु पनि छन ।

बुढो पिंढी अशक्त भई सकेको छ, प्रौढ पिंढी ४६ साल पछिको तितो अनुभवले गर्दा कुरा चवाएर बोल्ने बानी परेको छ । यसरी बुढा र प्रौढहरुले युवालाई शव्द र भावनाको व्यापारीको हातमा सुम्पेका छन । उनीहरुलाई अझे डर छ, यदी आफु राष्ट्रवादी भएको प्रकट भयो भने विगतमा भैm हरेक क्षेत्रमा प्रताढना खप्नु पर्दछ । त्यसैले उ आफु राष्ट्रवादी भएको कुरा अप्रत्यक्ष तरिकाले मात्र प्रकट गर्दछ । सामुन्ने भएको व्यक्तिले राष्ट्रवादी भएको थाहा पाएमा के कस्तो व्यवहार गर्ने हो त्यो आशंकामा डराउछ । तर अनौठो कुरो छ कि सामुन्ने पनि राष्ट्रवादी नै हुन्छ र उ पनि त्यसै गरेर डराई रहेको हुन्छ ।

राष्ट्रवाद झल्को दिने गरेर खुलेका हरेक संगठनहरुमा आङ्खनो तन, मन, धन अर्पण गर्नेहरु धेरै छन । त्यसैले यो नाफामूलक व्यापार भएको छ । अनेकौ नामले यस्ता संगठनहरु खुल्छन , कुनै सोच र सिद्धान्त नभएकोले झिना मसिना कार्यक्रमहरु जस्तै कुनै सार्वजनिक स्थल बढार्ने , खाना वा कम्मल बा“ढने , खेलकुद प्रायोजन गर्ने आदि गरेर पसल जीवित राखेका छन । राजनैतिक पसल पनि प्रसस्त खुलेका छन , अर्को नक्कली र आङ्खनो सक्कली भन्ने भ्रम छर्न यस्ता संगठनहरुका कार्यकर्ता परिचालन हुन्छन । कोही कोही त राष्ट्रवादको एकधिकार केवल आङ्खनै संगठनमा भएको दावी गर्न पनि चुक्दैनन ।

बुझ्नुपर्ने कुरा हो राष्ट्रवाद गहिरो भावना हो जो अपवाद छोडेर सबैमा हुन्छ । त्यसैले यो कुनै एक दुई संगठनको गठन निमित्त बलियो डोरी हैन । मदन भण्डारीले इटहरामा साझासंस्था बाल्दा पनि राष्ट्रविरोध भनेर गरेका हैनन, अहिले उनैको नाम लिनेहरुले सहकारी आन्दोलन चलाएर चक्रवृती व्याज अशुल गर्दा पनि राष्ट्र विरोध मनेर गरेका हैनन । माओवादी द्वन्दकालमा एक अर्कातर्पm फर्काईएका बन्दुकबाट निक्लेका गोली राष्ट्रवादका निमित्त नै निस्केका थिए । त्यसैले यो साझा भावना हो जो दुई कट्टर शत्रुको बीच पनि साझा रहेको हुन्छ ।

राष्ट्रवाद सावित गर्न कुनै संगठनको सदस्यता चाहिन्न । केवल छाती फुलाएर सार्वजनिक घोषणा गरे पुग्छ ‘ म राष्ट्रवादी हु“ ’ । यसले राष्ट्रवादीहरु बीच रहेको अपरिचयको पर्दा च्यात्छ । जव राष्ट्रवादीहरु बीचको पर्दा च्यातिन्छ तव आश्चर्यजनक रुपले अनेकौ मतभिन्नताहरु समाप्त हुन्छन । त्यसैले मनमा राष्ट्रवाद हुनेहरुले आङ्खनो मनमा भएको राष्ट्रवाद प्रकट गर्नु पर्दछ । हरेक स्थानमा, समयमा ‘म राष्ट्रवादी हु“’ भनने मौका खोज्नु पर्दछ र निधक्र्क र गर्व साथ भन्नु पर्दछ ‘ म राष्ट्रवादी हु“ । राष्ट्रवादी हुनु गर्वको विषय हो लज्जा हैन ।



SHARE THIS

Author:

Facebook Comment