वीरगंज २८ असार
कुर्मी सशतिकरण मंच पर्साको आयोजनामा वीरगंजको होटल मकालुको सभाहलमा शनिबार कुर्मी समाजबाट वर्षका २०७० मा नारायणी अंचल बाट एस.एल.सी. पास भएका १० जना विशिष्ट श्रेणीका, ६५ जना प्रथम श्रेणी गरी जम्मा ७५ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
बारा र पर्साको कुर्मी जातिको इतिहासमा पहिलो पटक सभासद हुनु भएका माननीय रमेश प्रसाद कुर्मी कार्यक्रमको प्रमूख अतिथि रहेका थिए भने समारोह पर्सा जिल्ला अध्यक्ष सन्तोष पटेलको सभापतित्वमा सम्पन्न भएको थियो । विद्यार्थीहरुलाई फुलमाला, प्रशन्सा पत्र, कापी, पेन, अक्सफोड डिसनेरीबाट सम्मान गरिएको थियो ।
सातौं सम्मान समारोहका प्रमूख अतिथि कुर्मीले निर्माधिन कुर्मी समाजका सेवा सदनका लागि प्रति बर्ष रु १ लाख सहयोग गर्ने, कुर्मी सशतिmकरण मंचलाई निसाहय विद्यार्थीहरुलाई कम्पयुटर सिकाउन तत्काल एक थान कम्पयुटर दिने । त्यस्तै गरी वीरगंज उपमहानगरपालिका भित्र आम जनसमुदायलाई चिसो पानी खुाउन स्थान छनोट गर्न जिम्मेवारी यस मंच लाई दिएको र आवश्याक पर्ने एक सेट कुलर सो को लागि आवश्यक खर्च आफ्नो तर्फ बाट दिने घोषणा गरेका थिए । आउदो मंसीर महिनाको बारा जिल्ला गढीमाई मेलामा स्वास्थ तथा सेवा सिवीर संचालन गर्न आफ्नो तर्फबाट रु पचीस हजार सहयोग गर्न बताएका छन् ।
कुर्मी समाजका योद्धा स्वर्गीय द्वारिका नन्दन प्रसाद कुर्मीले गर्नु भएको अमूल्य योगदानको कदर गर्दे यस वर्ष देखि, स्वर्गीय द्वारिका कुर्मी स्मृति पुस्कार सबभन्दा बढी अंक ल्याउने श्याम राउत कुर्मीलाई प्रदान गरिएको छ । पुस्कारको रासी दस हजार नगद र प्रमाण पत्र कुर्मी समाजका युवा तथा जुझारु योद्धा शिव पटेलले प्रदान गरेका थिए । सातौं सम्मान समारोहमा रामचन्द्र पसाद कुर्मी,रामचन्द्र क्रान्तिकारी, रामनारायण कुर्मी, प्रमोद कुर्मी, शिव शंकर पटेल, राम रुप कुर्मी, ब्रम्हदेव पटेल, अम्विका पटेल, विरेन्द्र पटेल, रामपुकार पटेल, सुन्दर कुर्मी, प्रमान्द चौधरी, योगेन्द्र कुर्मी, जतन कुर्मी, वीरगंज नगर अध्यक्ष कुन्दन पटेल, लगायतको समाजका अगुवा हरुले विधार्थीहरुको उज्वल भविष्यको कामना गरेका थिए । साथ साथै वक्ताहरुले शिक्षाबाट समाज र राष्ट्रको निमार्ण सम्भव भएकोले शिक्षामा जोड दिएका थिए । कुर्मी समाजमा दाइजो प्रथा र बालविवाह मुख्य समस्या भएकोले यस तर्फ सबैले इमान्दारी पुर्वक लागे र्निमुल हुने सभासद कुर्मीले बताए । कार्यक्रमको सहजिकरण बृजकिशोर पटेलले गरेको समारोहमा स्वागत मन्तव्य बिशेश्वर पटेल तथा कार्यक्रम माथी प्रकाश धर्मेन्द्र पटेलले गरेका थिए ।