चोर उद्योगपति, व्यापारी एवं कर्मचारी र आरोपित पत्रकार

 –विष्णु तिवारी 
बीरगंज /उद्योगपति,व्यापारी र कर्मचारीहरुले करोडौ रुपैया अनियमितता गरेर कमाउन सफल हुँदै आइरहेका छन । प्रत्येक दिन जसो अख्तियारले उद्योगपति ,ब्यापारी र कर्मचारीहरुले राष्ट्रको राजस्व चोरी गरिरहेको अवस्थामा पक्राउ परेका छन । उद्योगपति र  व्यापारीहरुले राजस्व चोरी गरि कराडौ रुपैया कमाउन सफल भएको उदाहरण बीरगंज शहरमा जति पनि भेटिन्छ ।
व्यापारीको नाममा सरकारको राजस्व चोरी गरि हिडने र आफनो आसेपासेलाई रकम बाँडने गरेका छन । उनीहरुले आफनो कालाकरतुतहरु जनताको सामु नआओस भनेर जे पनि गर्न सफल भएका छन । सरकारको राजस्व चोरी गरि हिडनेहरुले प्रहरी प्रशासन राजस्व कार्यालयका कर्मचारीहरुलाई लाखौ रुपैया नजराना टक्राउने गरेका छन । उद्योगपति र व्यापारीहरुले राजस्व चोरी गर्न पाएको बापत कर्मचारीहरुलाई मोटो रकम दिने गरेको छ । तस्करी काला बजारी, राजस्व मारा उद्योगपतिहरुले अरबौ रुपैया राजस्व चोरी ठुल ठुला महलमा बस्ने र चिल्ला गाडीमा सवार हुने गरेका छन । तस्करी सामान ल्याएर खुल्याम तस्करी गरि अहिले आएर धनाडय बन्न सफल भएका न्यू पशुपति कैरियर,श्री केरियरको नाम शहरमा सबै भन्दा माथि रहेको छ । तस्करी गरि अरबौपति बनेका न्यूपशुपति केरियरका मालिक राजेन्द्र गुप्ता, श्रीेकेरियरका मालिक रतन अग्रवाल, त्यसैगरि ओ पि.सि सिमन्टमा काम नलाग्ने सिमन्ट मगाएर उपभोक्ताहरुलाई बेच विखन गर्ने सत्यनारायण क्यालको गोदाममा छापामारी गरी क्यालको कालाकरतुतलाई जनताको माझ ल्याउनु भन्दा लाखौ रुपैयाँ लिएर सिमेन्टका व्यापारीलाई कारवाही नगर्नु , त्यसैगरि भारतबाट दालको तस्करी गरि बीरगंजमा मगाउने र नेपालमा उत्पादन गरिएको दाल भनेर बंगलादेश निर्यात गर्ने शहरका प्रतिष्ठित उद्योगपति व्यापारीको नाम लिइरहनु पर्दैन । उनीहरुको मुख्य काम भारतीय समान तस्कर गरि मगाउने र धनाडय बन्ने  भएका छन ।
त्यसैगरि मालपोत कार्यालय पर्सामा कार्यरत कर्मचारीहरुले गुन्डा पालेर राखेका हुन्थ्यो । गुन्डाहरुलाई रकम दिएको वापत पत्रकारहरुलाई निर्घातरुपमा कुटपिट गरि आफनो वर्चस्व कायम गर्न सफल भएका थिए । मालपोत कार्यालय पर्सामा पालिएका गुन्डाहरुले प्रभात वाणीका सम्पादक रामराज यादव, ब्रहमाश दैनिकका  सम्पादक काशीनाथ यादवमाथि गुन्डाहरुले आक्रमण गरेका थिए । त्यसबेला मालपोत कार्यालयमा निकै भ्रष्टाचारमा नाम कहालिएका रजिष्टेशन फाँटमा कार्यरत राजकुमार दास कायस्थ हुनु हुन्थ्यो । त्यसबेला सुब्बा पनि किरण उपाध्याय पनि कार्यरत हुनु हुन्थ्यो । अहिल पनि उहाँ सुब्बा कार्यरत हुनु हुन्थ्यो । सन्चारकर्मीहरुमाथि आक्रमण कसले गर्न लगाएका हुन । यो चाहि अहिले सम्म गर्भमा नै रहेको छ । राजकुमार दास  अहिले रिटायर हुनु भएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा  सार्वजनिक जग्गालाई बेच विखन गरेको आरोपमा मुद्दा खेपिरहनु भएको छ । त्यसैंगरि भंसार कार्यालय, आन्तरिक राजस्व कार्यालय, नापी कार्यालय,राजस्व अनुसन्धान कार्यालय पथलैया लगायतका कुनै पनि कार्यालय स्वच्छ इमानदार भएका कर्मचारीहरुलाई भेटन सकिने अवस्था नै रहेको थिएन । चारैतिर भ्रष्टाचार अनियमितता गरि अथाह सम्पति आर्जन गर्न सफल भएका भ्रष्ट कर्मचारीहरुलाई राष्ट्र सेवकको नामले सम्मान गरिएको छ भने पत्रकारहरुलाई चाहि होली पर्वमा रकम उठाएको भनी आरोप लगाएर हिडने उद्योगपति, व्यापारी र कर्मचारीहरुको नैतिकता कति रहेको छ भनेर उनीहरुले आफैले बुझनु परेको छ । होली पर्वमा रकम माग्नु गलत हो । होली पर्वमा रकम कुन कुन पत्रकारहरुले मागे यो चाहि कान्तिपुर देनिक जस्तो लोकप्रिय पत्रिकाले मगन्ते पत्रकारहरुको नाम चाहि प्रकाशित नगरि पर्साका सबै पत्रकारहरुलाई होली खर्च मागेको आरोपित गरेका समाचार सम्प्रेशण गर्नु यो भन्दा ठुलो गैर जिम्मेवारी अरु केही पनि होइन । बीरगंजमा पत्रकारहरुको ठुलो समुह रहेको छ । उनीहरुले बेला बेलामा गोष्ठी नाचगान लगायतको कार्यक्रम गर्ने गरेका छन । होलीको पर्वमा माइस्थान चौकमा एभिन्यृुज चाइनलले होली पर्वको नाममा नाचगाना को कार्यक्रम गराएका थिए । काठमाडौबाट नेपालको नै लोकप्रिय कलाकारहरुलाई निम्त्याइएको थियो । एभिन्यूज चाइनलले गरेको कार्यक्रमको खर्च आफनै श्रोतबाट गरेका हुन भने सराहनी हो । तर रकम उठाएर गरेका हुन भने त्यो गैर जिम्मेवारी हो ।
त्यसैगरि प्रेस युनियन पर्साले पनि होटल कुमुमा होली मिलन कार्यक्रम गरेका थिए । होटल कुमुमा कार्यक्रम गर्नु भनेको लाखौ रुपैया खर्च हुने हो । प्रेस युनियनका पदाधिकारीहरुले आफनो खर्चमा होली पर्वको कार्यक्रम गरेका हुन, भने यो सबै पत्रकारहरुको लागि सराहनीय हो । तर उनीहरुले पनि रकम उठाएर कार्यक्रम गरेका हुन भने पत्रकारहरुको लागि लाजमदौ अरु केही पनि होइन । पत्रकारहरु आफनो क्षमताले राम्रो काम गर्न सफल हुन्छ भने सबैको लागि राम्रो हो । तर उद्योगपति ,व्यापारी र कर्मचारीहरुसंग रकम मागेर होली पर्व मनाएर कार्यक्रम गर्नु गैर जिम्मेवारी कार्य हो भनि राखनु पर्दैन । "होली खर्च माग्नेको लर्को” भनेर कान्तिपुर दैनिकमा समाचार आउनु बीरगंजकापत्रकारहरुको लागि लाजमर्दा हुन पुगेको छ । दशै झै होलीमा पनि खर्च लिन प्रहरी, राजनीतिक दल र तिनका भ्रातृ संगठनका स्थानीय नेता र सन्चारकर्मीको भीड व्यापारीक प्रतिष्ठान उद्योगी र व्यापारीको कार्यालयमा लाग्न थालेको छ । बीरगंज उद्योग वाणिजय संघका एक पदाधिकारले भने चाडपर्वलाई वैध असुलीको अवसरका रुपमा लिन थालिएको समाचार प्रकाशित गरेको थियो । कान्तिपुर दैनिकले कुन कुन पत्रकारहरुको समुह र पत्रकारहरुले होली खर्च माग्ने भिड गरेका थिए । तिनीहरुको पनि नाम पनि प्रकाशित गर्न कान्तिपुृर दैनिक सफल भएका भए । कान्तिपुर दैनिकको उच्चता झनै बढने थियो । तर पत्रकारहरुको नाम चाहि प्रकाशित नगर्ने सबै पत्रकारहरुलाई होली खर्च माग्नेको भिड भनेर समाचार प्रकाशित गर्दा बीरगंजका इमानदार पत्रकारहरुको मर्यादामाथि नै ठुलो घात गर्न पुगेकाले  यसको जिम्मेवारी कसले लिने हुन भनेर अब सोचनु पर्ने बेला भएको छ । पत्रकारमाथि आरोपित गर्ने उद्योगपति ,ब्यापारी र कर्मचारीहरु कतिको इमानदार स्वच्छ रहेका छन भनेर पहिले आफैले बुझनु परेको छ । अनिमात्रै पत्रकारहरुलाई होली खर्च माग्ने आउने भनेर आरोपित गरि आफु इमानदार भएको देखाउन सफल हुनेछन । यस लेखमा उद्योगपति काला व्यापारी र भ्रष्ट कर्मचारीहरुको लिलालाई लेख्न सक्ने अवस्था नभएकाले सानो भएता पनि उद्योगपति,व्यापारी कर्मचारीहरुको असली अनुहार जनताको विचमा पुगोस भनेर लेख्न जर्मको मात्रै गरेको हुँ ।

यो पनि पढ्नुहोस..
पत्रकारको दलाली, चाप्लुसी र पित्त पत्रकारिताको रुप अनेक छन्

SHARE THIS

Author:

Facebook Comment