भ्रष्टाचारले गनाईसकेका कार्यालयमा नै नक्कली कर्मचारी

कलैया / जिल्ला विकास समिती बारामा भ्रष्टाचार अनियमितता गरेको आरोपमा एलडि. इन्जिनियर लगायतका कर्मचारीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारवाहीमा परेका छन ।
त्यहि कार्यालयमा नक्कली कर्मचारीले अहिले आएर १५ लाख ५छ  हजार लिएर वेपता भएका छन । नेपालमा कति सम्म भ्रष्टाचार अनियमीतताले जरो लाडन सफल  भएका छन भन्ने कुरा नक्कली कर्मचारी बनेर रकम लिएर फरार भएको घटनाले  देखाउन पुगेका छन ।जिविसमा  कर्मचारीहरुले संयुक्तरुपमा ठुल ठुला भ्रष्टाचार गरि सम्पति कमाउन सफल भएकाले नै बाराको सुखीपथरदेवापुर टेटा गाविसका तत्कालीन सचिव धर्म रोवा मगरेले दुबै गाविसको रु. १च्५ लाख ५५ हजार लिएर १भ्४ दिन अघि फरार भएपछि खोजविन गनै क्रममा नक्कली कर्मचारी रहेको पुष्टि भएको छ । चार महिना पहिले शिक्षा मन्त्रालय अन्तर्गत अनौपचारीक शिक्षा केन्द्रबाट सामान्य प्रशासन मन्त्रालयको नक्कली कागजपत्र लेटर प्याड,छाप प्रयोग गरी सूरुवा भई जिल्ला विकास समिती बारामा खरिदारको रुपमा आएका रोवा मगर २०७१ पुस १ गते  गाविस पथरामा सचिवको रुपमा हाजिर भएका समाचार शुत्रले जानकारी गराएको छ । रोवा मगरले पथराको सार्वजनिक पोखरीको टेन्डरबाट आएको रु. ८ लाख ५० हजार र पत्नी विरामी भएको बहाना बनाई प्राविधिक सहायक रुदल प्रसाद यादवसंग रु ं ३ लाख ५० हजार पेश्की लिएका ,त्यसैगरि देवापुर टेटाबाट गाविसको रु. २ लाख र त्यहाँका प्राविधीक सहायक उमेशप्रसाद यादवसंग रु. २ लाख सापटी लिएर फागुन ४ गते घर गएको तर अहिले सम्म गाविसमा न आएकोले उनले रकम लिएर फरार भएको घटना सार्वजनिक हुन पुगेको हो । जिविसमा भएको बजेटमाथि नक्कली कर्मचारी रोवा मगरको आँखा गडेकाले नै उनले आफनो बृद्धि विवेक लगाएर नक्कली कर्मचारी भएर १५ लाख ५५  हजार लिएर बेपता भएका छन भने जिविसमा कार्यरत कर्मचारीहरुले कति करोड रकम भ्रष्टाचार गरि आफनो घरमा थन्काएका होलान । यो घटनाले देखाउन पुगेको छ । चोर चोर मिलेर खानु  भन्ने उखान चरिथार्त हुन पुगेको छ । 

SHARE THIS

Author:

Facebook Comment