नेपालका नेताहरु विश्वासघाती छन्–डा. करण सिंह

अशोकमान श्रेष्ठ
नेपालका नेताहरु आफनो राजनीतिक स्वार्थपुरा गर्नको लागि जस्तो सुकै पनि बेला भारतको नयाँ दिल्ली पुगेर भारतीय नेताहरुसंग आफनो हारगुहार माग्ने गरेका छन । लोकतन्त्र प्राप्तीको लागि काग्रेस एमाले ,एमाओवादी लगायत दलका नेताहरु पुर्व राजा ज्ञानेन्द्र शाहको शासन सत्ता समाप्त पार्नको लागि नयाँ दिल्ली पुगेर भारत सरकारसंग आफनो गुहार माग्दा भारतले नेपाललाई आफनो हेपावा प्रवृति कायम राखेकाले पुन नेपालमा आफनो स्वार्थ पुरा गर्नको लागि हस्तक्षेप निती कायम गरेका थिए । तत्कालीन नेकपा माओवादीले आफनो जनयुद्धबाट विजय हासिल गर्न नसक्ने अवस्था सृजना भएकोले नै आफुहरु जोगिनको लागि भारत सरकारलाई अनुयय र विनय गरेर पूर्व राजा शाहलाई दवाव दिएर शान्ति सम्झौतामा आउन नयाँ दिल्ली पुगेर भारतीय नेताहरुसंग भेटघाट गरेर राजनीतिक दवाव दिएर नेपालमा लोकतन्त्र प्राप्ती गरेका थिए । काग्रेस,एमाले र एमाओवादीले आफुहरुले त्याग र बलिदानबाट नै लोकतन्त्र आएको बताउँदै आइरहेका छन । उनीहरुले पुर्व राजा शाहलाई भारतको दवावमा पारेर मरेको संसदलाई ब्यूताउन काम गर्न सफल भए । मरेको संसद  व्यूतेपछि पूर्व राजा शाहलाई संसदबाट नै राजसंस्था समाप्त भएको घोषणा गर्न काग्रेस,एमाले र एमाओवादी सफल भए । अहिले आएर पूर्व राजा शाहले आफु र दलहरु विच भएको सहमति कार्यान्वयन गर्न दवाव दिएकाले सात दल र तत्कालीन माओवादी विच भएको सहमतिलाई लिएर निकै चर्चा परिचर्चाहरु उठिरहेका छन । पूर्व राजा शाहले दलहरु विच भएको सहमति पाल्न नगरेको आरोप लगाएको बेला  भारतको चर्चित नेता डा. करण सिह नेपालमा आएर तत्कालीन राजा ज्ञानेन्द्र शाहसंग भेटघाट गरेर दलहरु विच सहमति गरेर राजनीतिक निकास निकाल्नु पर्छ भनेर सुझाव र दवाव दिएर भारततर्फ फर्केका थिए ।
पूर्व राजा शाह र भारतीय नेता करण विच भएको सहमति के के थियो ,यो चाहि नेपाली जनताको विचमा आउन बाँकी नै रहेको छ । पूर्व राजा शाहले भारतीय नेता सिंहको दवावमा आएर संसदलाई व्यूताउन सफल भए भने त्यहि ब्यूतेको संसदले शाहलाई अन्याय गरेर हटाउन सफल  भएका थिए । नेपालका नेताहरु कति सम्म विश्वासघात रहेका छन भन्ने कुरा अहिले देखा परेको छ । हालै एक देैनिक पत्रिकामा आएको लेखमा भारतीय नेता डा. करणसिंहले  नेपालका नेताहरुलाई विश्वास गर्नै लायक छैनन भनेर आफनो अभिव्यक्ति दिएको कुरा सार्वजनिक हुन पुगेको छ ।  अन्नपू्रर्ण पोस्ट दैनिक फागुन २१ गतेमा प्रकाशित प्रेम कैदीको लेखमा उनले भारतीय नेता सिंह संग भेटघाट गर्दा नेपालका नेताहरु धोखेबाज छन भनेर आफनो आक्रोश व्यक्त गरेका लेखेका छन । प्रेम कैदीसंग सिंहसंगको भेटघाटमा   सिंहले नेपालको बारेमा जिज्ञासा राख्दा नेपाल भताभु· भएको छ । यो सबै नेपालका नेताहरुको कारणले नै हुन पुगेको बताए । नेता सिंहले नेपालका राजाबाट मरिसकेको संसद ब्यूँताउने ,बिनानिर्वाचन ८० जनालाई सांसद बनाउने र बेकम्मा भएर खेदिएको व्यक्तिलाई प्रधानमन्त्रीको टीको लाउने तर अन्त्यमा सबै सहयोग गर्नै राजालाई अपदस्थ गरि सडकमा ल्याउने काम भयो । संयुक्त आन्दोलन र बाह्बुँदेमा हिन्दु राज्यलाई क्रिश्चियन र मुसलमानलाई बेचेर खाएपछि कागै्स,एमाले एमाओवादी ,राप्रपा पनि तराईका नेता जस्तै राष्ट्रघाती र बेइमान रहेछन भन्ने आरोप समेत लगाउन पुगेका थिए । राजा र काग्रेस ,एमाले, एमाओवादी नेताहरुविच २०६३ बैशाख ११ गते राती भएको सहमति बैइमानीपूर्वक तोडिएकोमा डा. सिंह त्यतिबेला कु्रद्व हुनु्हुन्थ्यो भनेर आफनो लेखमा कैदीले लेखनु भएको छ ।
भारतीय नेता डा. सिंहको दवावमा नै पूर्व राजाले दलहरुले चाहेको संसद व्यूँताउन सफल भएका थिए । यो कुनै पनि नेपाली जनताहरुको अगाडी लुकेको छैनन ।  डा. सिंह नेपालमा आएर शाहलाई  दलहरु संग वार्ता गरेर संसद व्युँताउन आग्रह गरेका थिए । शाहले भारतीय नेताको दवावमा संसद व्यूताँउन सफल भए ।तर त्यहि संसदले  राजसंस्था नै समाप्त पारेर दलहरुले आफनो धोकेबाजी निती लिएका थिए । पुर्व राजा शाह र दलहरु विच भएको सहमति के के थियो भन्ने चर्चा चलिरहेको बेला कैदीले आज भन्दा १० वर्ष अघि डा. सिंहसंग भएको घेटघाटको कुरालाई जनताको विचमा ल्याउन सफल भएको छ । डा.सिंहले शाह र दलहरु विच भएको सहमतिलाई उदघाटन गरिदिए भने नेपालका नेताहरुको अवस्था कस्तो होलान ।  अरुले गराएको सहमतिलाई समेत पालना गर्न नसक्ने नेपालका नेताहरुले आफनो राजनीतीक स्वार्थको लागि जे पनि गर्न सक्छ । भारतले यति ठुलो साथ दिएर नेपालका नेताहरुलाई यहाँ सम्म पुर्‍याउन सफल भए ।तर नेपालका नेताहरुले भारतीय नेता सिंहलाई समेत धोखा दिन सक्छ भने नेपालका नेताहरुले मौका पाएको खण्डमा नेपालमा जे पनि गर्न सक्छन । नेपालका नेताहरु विश्वासघाती धोखेबाज छन भनेर यसै सिंहले भनेको चाहि पक्कै पनि होइन । नेपालका नेताहरुले यति ठुलो विश्वासघात किन गरेका हुन । डा. सिंहले पनि वास्तविक कुरा नेपाली जनताको विचमा ल्याउने पनै बेला भएको छ ।  नेपाली जनताहरु वास्तविक कुरा जान्नको लागि निकै ऋात्ुर रहेका छन । कसैलाई अन्याय गरि आफनो स्वार्थपुरा गर्न खोज्नु हुन्न भन्ने अलिकति पनि चेतना नभएका नेपालका नेताहरुको कारणले गर्दा नै नेपालको अवस्था दिनप्रतिदिन नाजुक अवस्थामा पुगेको छ । डा. सिंह जस्तो प्रभावशाली नेताले नेपालका नेताहरु विश्वाघाती छन भनेर आरोप लगाउँदा नेताहरुको अवस्था कस्तो भयो होलान । नेपालका नेताहरु  जस्तो धाखेबाज र बइमान भएकाले नेपाली जनताहरुले अहिले सम्म सत्ता परिवर्तन पछि केही राहत पाउन सकेका छैनन । धोखेवाज नेताहरुको कारणले गर्दा नेपालको अवस्था निकै  दयनिय हुन पुगेको छ । आफुले गरेको सहमतिलाई मान्न तयार नहुने र अरुलाई आरोप लगाएर हिडन मात्रै जानेकाले डा. सिंह पनि नेपालका नेताहरुबाट दिक्क भएका छन ।

SHARE THIS

Author:

Facebook Comment